वीरगञ्ज झिलीमिली उज्यालो सहर बन्दै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
५५ पटक हेरिएको
Shares
वीरगञ्ज झिलीमिली उज्यालो सहर बन्दै

सारांश

  • वीरगञ्ज ।
  • वीरगञ्ज महानगरका सडक झिलीमिली र उज्यालो देखिन थालेका छन् ।
  • महानगरपालिकाले उज्यालो वीरगञ्ज बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल–पोलमा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि झिलीमिली उज्यालो बनेको हो ।

वीरगञ्ज । वीरगञ्ज महानगरका सडक झिलीमिली र उज्यालो देखिन थालेका छन् । महानगरपालिकाले उज्यालो वीरगञ्ज बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल–पोलमा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि झिलीमिली उज्यालो बनेको हो ।

‘केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अँध्यारो हुने र हिँड्डुल गर्नै नसक्ने स्थिति थियो’, वीरगञ्ज महानगरपालिका–६ मीनाबजारका विजय साहले भने, ‘तर अहिले रातिको समय जतिबेला पनि नगर क्षेत्रका सडक उज्यालो हुन्छ, यसका कारण हामी सुरक्षित महसुस गरिरहेका छौँ ‘। महानगरपालिकाले पोल–पोलमा जडान गरेको बत्तीले आफूहरूको बस्ती नै उज्यालो बनेको उनको भनाइ थियो ।

‘’पहिला–पहिला सडक छेउका अधिकांश पोलमा बत्ती थिएनन्’, वीरगञ्ज महानगरपालिका–११ का सन्तोष साहले भने, ‘जडान भएका बत्ती पनि कतिपय बल्ने स्थितिमा थिएन, जसले गर्दा यस क्षेत्रका सडकमा साँझ हिँडडुल गर्न समस्या भइरहेको थियो । अहिले निर्धक्क भएर २४सैँ घण्टा हिँड्दा पनि कुनै समस्या छैन’, उनको कथन थियो ।

महानगरका मुख्य सडक तथा गल्लीमा सोलार बत्तीसमेत जडान गरिएको छ । विभिन्न निकाय तथा सङ्घसंस्थाको सहयोगमा महानगर क्षेत्रभित्र करिब सात सय सोलार बत्ती जडा नगरिएको महानगरपालिकाको विद्युत् शाखाका इञ्जीनियर अवधेशकुमार यादवले जानकारी दिए ।

विगतमा फोहर र कुरुप सहरको पहिचान बनाएको वीरगञ्ज महानगर क्षेत्रमा पछिल्लो समय भएको लोभलाग्दो विकासले यहाँका जनप्रतिनिधि मात्र होइन, स्थानीयसमेत उत्साहित बनेका छन् । जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलका कारण छोटो समयमै नगर क्षेत्रमा थुप्रै परिवर्तन ल्याउन सफल भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

आर्थिक राजधानीकै रूपमा परिचिति वीरगञ्ज महानगरलाई पर्यटकीय नगरीका रूपमा समेत विकास गर्न यहाँका धार्मिक पर्यटकीय क्षेत्रहरूको जीर्णेद्धार तथा रङरोगनका कार्यलाई समेत प्राथमिकता दिएको महानगर प्रमुख सिंहको कथन छ । केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेको महानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला कालोपत्र भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने– अध्यक्ष केसी
गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने– अध्यक्ष केसी
‘साँस्कृतिक झिल्कोले प्रज्वलित गर्नुपर्छ’ : कुलपतिको सपथ
‘साँस्कृतिक झिल्कोले प्रज्वलित गर्नुपर्छ’ : कुलपतिको सपथ
राज्य शक्तिको स्रोत जनता हो : मुख्यमन्त्री कार्की
राज्य शक्तिको स्रोत जनता हो : मुख्यमन्त्री कार्की
उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै
उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै
सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने
सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने
भक्तपुरमा क्वारेन्टिनमा बसेका ८ कोरोना संक्रमित कुवेतबाट फर्किएका
भक्तपुरमा क्वारेन्टिनमा बसेका ८ कोरोना संक्रमित कुवेतबाट फर्किएका
प्रधानमन्त्री कार्यालयबाटै हेलचक्र्याइँ !
प्रधानमन्त्री कार्यालयबाटै हेलचक्र्याइँ !
कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप
कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप
पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
शनिवार ५ हजार ४२ जनामा कोरोना पुष्टि, ८ हजार ६ सय ६३ संक्रमणमुक्त
शनिवार ५ हजार ४२ जनामा कोरोना पुष्टि, ८ हजार ६ सय ६३ संक्रमणमुक्त

तपाईंले छुटाउनुभयो कि?