शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २८, २०८०
|
|
५० पटक हेरिएको
Shares
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ :  उपप्रधानमन्त्री श्रेष्ठ

सारांश

  • काठमाडौँ ।
  • उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् ।
  • आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उहाँले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए ।

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् ।

आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उहाँले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए । । “निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी छुट्ने छैनन्”, उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गरे । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ । “यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो”, उनले भने ।

सो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उनले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पु¥याइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उनको भनाइ छ ।

“मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन । दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ,”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस् निर्दोस नपरुन् भन्ने छ सबैको कुरा ।”

उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिनुभयो । “राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु,”, उनले भने ।

भेटमा एकीकृत समाजवादीका नेताले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिएका थिए । यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उनीहरूले कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा
सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा
नेकपाको वैठकमा यस्तोसम्म कुरा उठ्यो ‘एक नेता एक पद’
नेकपाको वैठकमा यस्तोसम्म कुरा उठ्यो ‘एक नेता एक पद’
सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी
सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी
सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा
सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा
बुद्धको ज्ञान फैलाउन आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा ध्यान साधना
बुद्धको ज्ञान फैलाउन आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा ध्यान साधना
चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !
चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !
कहाँ जान्छन् सांसद : कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित
कहाँ जान्छन् सांसद : कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित
ओली सरकारको सय दिनको आधारशिला तयार
ओली सरकारको सय दिनको आधारशिला तयार
टिफरको ठक्करबाट वालिकाको मृत्यू भएपछि ६ वटा टिफरमा आगजनी
टिफरको ठक्करबाट वालिकाको मृत्यू भएपछि ६ वटा टिफरमा आगजनी
लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान
लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान

तपाईंले छुटाउनुभयो कि?