शरद कुमार गौचन हत्याकाण्डमा संलग्न थप ३ जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २७, २०७४
|
|
४१ पटक हेरिएको
Shares
शरद कुमार गौचन हत्याकाण्डमा संलग्न थप ३ जना पक्राउ

सारांश

  • काठमाडौं, पुस २७ ।
  • निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् ।
  • महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं, पुस २७ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता छन् । यसअघि प्रहरीले घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ७ जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरीको अनुसार उनीहरुले घटनामा संलग्न अभियुक्तहरुलाई सहयोग गरेका थिए । ‘केहीले सीम कार्ड दिएको केही आर्थिक लेनदेनमा संलग्न भएको अनुसन्धानको क्रममा देएक प्रहरी अधिकृतले भने ।

यसैबीच, परिषरले गौचन हत्याकाण्डको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैदको माग दाबी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?