शर्मा सर्वोच्चको न्यायाधीशमा सर्वसम्मतिले अनुमोदन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
४४ पटक हेरिएको
Shares
शर्मा सर्वोच्चको न्यायाधीशमा सर्वसम्मतिले अनुमोदन

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
  • संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले शर्माको सुनुवाइ गर्ने निर्णय गरेपछि उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले शर्माको सुनुवाइ गर्ने निर्णय गरेपछि उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

न्यायपरिषद्ले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा नियुक्तिका लागि प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्लाई दोस्रो पटक लेखिपठाएको थियो । शर्माको नाम सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।

अनुमोदन भएसँगै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताएका छन् । आज सिंहदरवारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो भावी योजना प्रस्तुत गर्ने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रस्तावित न्यायाधीश शर्माले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने बताए । अदालतले तर्जुमा गरेको रणनीतिक योजनामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको सन्तुलन, नियन्त्रणको सिद्धान्तलाई नेपालको अदालतले अंगीकार गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउनुपर्नेसमेत बताए ।

प्रस्तावित न्यायाधीश शर्माले मानव अधिकारको विश्वव्यापी घोषणा, संवैधानिक तथा कानुनद्वारा प्रदत्त अधिकारको उल्लंघन भएमा प्रत्येक व्यक्तिलाई सक्षम अदालतबाट प्रभावकारी कानुनी उपचारको व्यवस्था गरेकाले सबैलाई न्यायबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको दाबी गरे ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किम जङ-अनद्वारा रणनीतिक अस्त्र विकास गर्ने घोषणा
किम जङ-अनद्वारा रणनीतिक अस्त्र विकास गर्ने घोषणा
आजको मौसम: देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
आजको मौसम: देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
स्वास्थ्य सेवा विभागकाे चरम लापर्बाहि, एक पदमा चारजनाकाे सरुवा
स्वास्थ्य सेवा विभागकाे चरम लापर्बाहि, एक पदमा चारजनाकाे सरुवा
विस्फोटन गराउँदा क्षति भएका घरको क्षतिपूर्ति दिइने
विस्फोटन गराउँदा क्षति भएका घरको क्षतिपूर्ति दिइने
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
जन्मदिनको दिन प्रियँका चोपडाले  हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
जन्मदिनको दिन प्रियँका चोपडाले हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
दुनाटपरीबाटै आत्मनिर्भर
दुनाटपरीबाटै आत्मनिर्भर
अरुकसैको कथालाई न्याय गरेर पर्दामा उतार्न सक्नुनै कलाकारिता हो:श्रद्धा
अरुकसैको कथालाई न्याय गरेर पर्दामा उतार्न सक्नुनै कलाकारिता हो:श्रद्धा
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास
प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग्दै केसीले गरे तनहुँमा निवेदन दर्ता
प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग्दै केसीले गरे तनहुँमा निवेदन दर्ता

तपाईंले छुटाउनुभयो कि?