शशांकको उम्मेदवारलाई देउवाले समर्थन गरेपछि …

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १३, २०७५
|
|
४५ पटक हेरिएको
Shares
शशांकको उम्मेदवारलाई देउवाले समर्थन गरेपछि …

सारांश

  • काठमाण्डौ, १३ साउन ।
  • नेपाली कांग्रेस निकट प्रजातान्त्रिक वकिलहरुको संगठन नेपाल प्राजातान्त्रिक वकिल संगठन डिएलएको दशौँ अधिवेशन हिजोदेखि सुरु भएको छ ।
  • नवलपुरको गैँडाकोटमा सुरु अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

काठमाण्डौ, १३ साउन । नेपाली कांग्रेस निकट प्रजातान्त्रिक वकिलहरुको संगठन नेपाल प्राजातान्त्रिक वकिल संगठन डिएलएको दशौँ अधिवेशन हिजोदेखि सुरु भएको छ । नवलपुरको गैँडाकोटमा सुरु अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । त्यसका लागि आज मतदानको कार्यक्रम रहेको छ । संगठनको नेतृत्वका लागि अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले डिएलएका पूर्व अध्यक्ष यदुनाथ खनालले अघि सारेका उम्मेदवार सिताराम केसीलाई समर्थन गरेका छन् । त्यसैगरी महामन्त्री डा. शशांक कोइरालाले केसीविरुद्ध केदार कार्कीलाई अघि सारेका छन् ।

महामन्त्री कोइरालाले अघि सारेका उम्मेदवार कार्कीलाई पार्टी सभापति शेरबहादुर देउवालेसमेत समर्थन गरेपछि पार्टीको भावी नेतृत्वको लागि पनि समिकरण फेरबदल हुने संकेत देखिएको छ । देउवाले पछिल्लो समय आफू आलेचित हुँदै गएकाले अबको नेतृत्व कोइरालालाई दिन खोेजेका हुन् कि भन्ने आशंका डिएलएको चुनावले गराएको छ । कोइरालाले अघि सारेका उम्मेदवारलाई देउवाले समर्थन गरेपछि पौडेल पनि झस्किएका छन् । देउवालाई असफल सभापतिको आरोप लागिरहँदा अबको नेतृत्व आफूमा आउने आशा गरेका पौडेलले कोइरालालाई समर्थन गरेर देउवाले पुनः आफूलाई नेतृत्वमा जानबाट रोक्ने हुन् कि भन्ने आशंका गरेका हुन् ।

यसअघि कोइरालाईसमेत पौडेल पक्षका मानिन्थे । तर डिएलएको चुनावबाट पौडेल र कोइराला दुई कित्तामा पुगेका छन् । पछिल्लो समय भातृ संगठनमा देउवा समुहका उम्मेदवाहरु पराजित हुन थालेपछि देउवाले प्रत्यक्ष रुपमा आफ्नो समर्थनमा उम्मेदवार अघि सार्न छोडेको यो चुनावले देखाएको छ । यता कृष्णप्रसाद सिटौला पक्षले पनि यो चुनावमा छुट्टै उम्मदवार अघि सारेको छ । सिटौला पक्षबाट अध्यक्षका लागि रामकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसअघि भएको नेपाल कर्मचारी युनियन र ट्रेड युनियन कांग्रेसको चुनावमा पौडेल र सिटौला समुहबाट एउटै उम्मेदवार थिए । उनीहरुले जितेपछि देउवा कमजोर बनेका थिए । यही कुरालाई मध्यनजर गर्दै यसपटकको चुनावमा देउवाले कोइराला समुहका उम्मेदवारलाई समर्थन गरका हुन् ।

डिएलएकै नेतृत्वका लागि स्वर्गीय नेता खुमबहादुर खड्का पक्ष मानिने योगेन्द्र बहादुर अधिकारीले पनि उम्मेदवारी दिएका छन् । उनलाई ससंदीय दलकी सचेतक पुष्पा भुसाल लगायतको समर्थन छ ।प्रह्लाद कार्कीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । आज हुने चुनावको नतिजाले कसलाई विजयी बनाउँछ, त्यो हेर्न बाँकी नै छ । जसले जितेपछि कांग्रेसभित्रको कुन चाँही गुट बलियो छ भन्ने कुरा चाँही स्पष्ट हुनेछ । यो नतिजाले कांग्रेसको आगामी महाधिवेशनको समिकरण पनि अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमणबाट आज मृत्यु भएका २२ जना को को (विवरणसहित)
कोरोना संक्रमणबाट आज मृत्यु भएका २२ जना को को (विवरणसहित)
नेकपाका संस्थापक महासचिव पुष्पलाललाई ‘नेपालरत्न’
नेकपाका संस्थापक महासचिव पुष्पलाललाई ‘नेपालरत्न’
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
आठ महिनामा चार मुद्दा फैसला
आठ महिनामा चार मुद्दा फैसला
घरमा आगो लाग्दा गायक राजेश पायल राईको सम्मान तथा अवार्ड नष्ट
घरमा आगो लाग्दा गायक राजेश पायल राईको सम्मान तथा अवार्ड नष्ट
मधेसी दललाई वाम गठबन्धनको ३ अफर: के मान्लान् त ?
मधेसी दललाई वाम गठबन्धनको ३ अफर: के मान्लान् त ?
दर्ता भएपनि सञ्चालनमा नरहेका ७० हजार कम्पनी खारेज हुने
दर्ता भएपनि सञ्चालनमा नरहेका ७० हजार कम्पनी खारेज हुने
टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी
युएईमा अष्टमी गुरुङ आत्महत्या घटना : आरोपित बंगलादेशी नागरिक निर्दोष भएको फैसला
युएईमा अष्टमी गुरुङ आत्महत्या घटना : आरोपित बंगलादेशी नागरिक निर्दोष भएको फैसला
एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य
एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य