शिक्षक चार : विधार्थी तीन

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
शिक्षक चार : विधार्थी तीन

सारांश

  • डडेल्धुरा, ३ भदौ ।
  • कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् ।
  • विद्यार्थी भने तीन जना मात्र ।

डडेल्धुरा, ३ भदौ ।कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दुरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् ।गाउँनजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझा बताएकी िछन् । उक्त विद्यालयमा भर्ना भएका केही शारीरिक रुपले अपाङ्गता भएका बालबालिका सदरमुकामको बालमन्दिरमा राखिएको विद्यालय निरीक्षक नारायण भट्टले बताए ।

जिल्लाका धेरैजसो ग्रमीण क्षेत्रका प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् । विभिन्न कारण र बालबालिकाले धेरै टाढाको विद्यालयसम्म जान आउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको विद्यालय निरीक्षक भट्टको भनाइ छ ।पूर्णागिरिमा मात्रै होइन सदरमुकाम नजिकैको असिग्राम प्राथमिक विद्यालयको अवस्था पनि त्यस्तै छ । कक्षा ५ सम्म सञ्चालनमा भइरहेको सो विद्यालयमा १४ विद्यार्थी भर्ना भएका छन् । शिक्षक ६ जना छन् । प्रत्येक कक्षामा दुई÷तीनजना विद्यार्थी मात्रै विद्यालयमा पढ्न आउने गरेको शिक्षक बताउँछन् ।

यी विद्यालय प्रतिनिधि मात्रै हुन् । डडेल्धुरामा यस्ता विद्यालय छन् जहाँ वषौंदेखि विद्यार्थीको अनुपातमा शिक्षक बढी छन् । अभिभावकले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण र बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्ने प्रवृत्तिले थोरै बालबालिका भर्ना भएका असिग्राम प्राथमिक विद्यालयका प्रधानाध्यापक, शुरतबहादुर रावल बताएका छन् । शिक्षा निमायवली २०५९ अनुसार पहाडी जिल्लामा एक शिक्षकका लागि ४५ विद्यार्थी हुनुपर्ने प्रावधान छ ।

विद्यार्थी नभएका यस्ता विद्यालयको नाममा वर्षेनी शिक्षकको तलबभत्तामा ठूलो धनराशि खर्च भइरहेको छ । विद्यार्थी कम भएका विद्यालयलाई समायोजन गरी शिक्षक र विद्यार्थीको अनुपात कायम गर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ । सामुदायिक विद्यालयमा पढाइको गुणस्तर नभएको भन्दै दुर्गम गाउँका मानिस बालबालिकालाई सदरमुकामका निजी विद्यालयमा पढाइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा
बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा
नयाँ शक्तिको केन्द्रीय समिति भंग,महाधिवेशन कमिटी गठन
नयाँ शक्तिको केन्द्रीय समिति भंग,महाधिवेशन कमिटी गठन
स्कारपियो चोर्ने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ ।
स्कारपियो चोर्ने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ ।
त्रिवि दिवसमा शिक्षण अस्पतालका नियमित सेवा आधा दिन प्रभावित, आकस्मिक सेवा भने यथावत्
त्रिवि दिवसमा शिक्षण अस्पतालका नियमित सेवा आधा दिन प्रभावित, आकस्मिक सेवा भने यथावत्
मोबाइलको स्क्रिन लक/पासवार्ड बिर्सनुभयो ? चिन्ता नगर्नुस् अब यसरी तपार्इं आफैँ खोल्न सक्नुहुनेछ
मोबाइलको स्क्रिन लक/पासवार्ड बिर्सनुभयो ? चिन्ता नगर्नुस् अब यसरी तपार्इं आफैँ खोल्न सक्नुहुनेछ
पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्वार गरिँदै
‘म आफ्नै ज्यानको सुरक्षा खोजिरहेको छु’: गोरे( भिडियो )
‘म आफ्नै ज्यानको सुरक्षा खोजिरहेको छु’: गोरे( भिडियो )
कोरोना भाइरसका कारण विश्वभरमा १ लाख ५४ हजार १ सय ४५ जनाको मृत्यु
कोरोना भाइरसका कारण विश्वभरमा १ लाख ५४ हजार १ सय ४५ जनाको मृत्यु
आज तोलामा दुई सयले घट्यो सुनको मूल्य
आज तोलामा दुई सयले घट्यो सुनको मूल्य
एकता कायम र विकासलाई तीव्रता- अध्यक्ष प्रचण्ड
एकता कायम र विकासलाई तीव्रता- अध्यक्ष प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?