शुक्रबार साँझसम्म थपिए ९ कोरोना संक्रमित
सारांश
- शुक्रबार साँझ थप ९ जनामाका कोरोना पुष्टि भएको छ ।
- योसँगै संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.
- समीरकुमार अधिकारीले जानकारी दिए ।
शुक्रबार साँझ थप ९ जनामाका कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । शुक्रबार बिहानसमेत ९ जनामाका कोरोना संक्रमण पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टी भएको हो । नया पोजिटिभ देखिएका पर्साका १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर, त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषस दाङको गढवा( ४, ५ र तुलसीपुर(७ निवासी २३, ३६, ३४ वर्षीय पुरुष छन् । सँगै काठमाडौं, सतुंगल निवासी ७ वर्षीय बालकमा समेत कोरोना पोजिटिभ देखिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ नमुना परीक्षण गरिएको छ। संक्रमण बढ्ने खतरा देखिएका क्षेत्रमा मन्त्रालयले परीक्षणको दायर बढाउँदै आएको छ। आरडीटी विधिबाट ६३ हजार ८५ जनाको नमुना परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् भने उपत्यकामा २७ र बाहिर २४० गरेर २६७ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया