शौचालयको अभावमा बलात्कारका घटना

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १२, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कातिर ग्रामीण भेगमा किशोरीहरू बलात्कृत भइरहेका छन् ।
  • सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी शनिबार राति बलात्कृत भएकी छिन् भने अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ ।
  • घर नजिकैको बाँसघारीमा शौच गर्न गएकी दुवै किशोरीलाई तिरहुत गाउँपालिका–३ का दुई युवकले घरभन्दा करिब ४०० मिटर टाढा लगेर दुष्कार्य गरेको पीडितहरू बताएका छन् ।

एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कातिर ग्रामीण भेगमा किशोरीहरू बलात्कृत भइरहेका छन् ।
सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी शनिबार राति बलात्कृत भएकी छिन् भने अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ । घर नजिकैको बाँसघारीमा शौच गर्न गएकी दुवै किशोरीलाई तिरहुत गाउँपालिका–३ का दुई युवकले घरभन्दा करिब ४०० मिटर टाढा लगेर दुष्कार्य गरेको पीडितहरू बताएका छन् ।

दुईमध्ये १७ वर्षीया किशोरी बलात्कारबाट पीडित भएको र १९ वर्षीया किशोरीमाथि बलात्कार प्रयास भएको इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार आरोपितमध्ये सुनील पक्राउ परेका छन् भने ज्ञानु फरार छन् ।

पीडित १७ वर्षीया किशोरीकी आमा र पीडित १९ वर्षीया किशोरीकी लिखित उजूरी दिनुभएको छ । दशैंँको बिदालगत्तै सप्तरी जिल्ला अदालत खुलेपछि आरोपितविरुद्ध म्याद थप गरिने प्रनाउ सिंहले बताउनुभयो ।

यसअघि पनि सप्तरीको बलान बिहुँल गाउँपालिकामा शौच गर्न गएकी १७ वर्षीया सुस्त मनस्थितिकी किशोरीमाथि सामूहिक बलात्कार घटनाको उजुरी दर्ता छ । गत भदौ २७ गते राति भएको बलात्कार घटनाको उजुरी इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा दर्ता भएपनि हालसम्म कोही पक्राउ परेका छैनन् ।

प्रदेश नं. २ कै दोस्रो खुला दिसामुक्त सप्तरी जिल्ला विसं २०७४ चैत २१ गते खुला दिसामुक्त जिल्ला घोषणा भएको हो । सप्तरीको शहरी क्षेत्रमा सार्वजनिक शौचालय भेट्नै मुस्किल पर्छ भने ग्रामीण भेगमा शौचालय व्यवस्थापनको समस्या थपिँदो छ ।

मनोविमर्शकर्ता रञ्जना चौधरीले शौचालयको अभावमा गाउँघरमा महिला रातको अध्यारोको समयमा शौच जाने गरेको र यौन दुव्र्यवहार तथा बलात्कारमा पर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
स्थानीय तहको मतपरिणाम अनुसार सिट बाँडफाँडः शशांक
स्थानीय तहको मतपरिणाम अनुसार सिट बाँडफाँडः शशांक
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
क्वारेन्टिनमा मृत भेटिएका युवाको पिसिआर रिपोर्ट पोजिटिभ, नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या ७
प्रतिनिधिसभा बैठकः समिति सदस्यको नामावाली हेरफेर
प्रतिनिधिसभा बैठकः समिति सदस्यको नामावाली हेरफेर
गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी
गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी
डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो
डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
वनमौरी लोपोन्मुख हुँदै
वनमौरी लोपोन्मुख हुँदै
बालुवाटारमा आज सर्वदलीय बैठक बस्दै
बालुवाटारमा आज सर्वदलीय बैठक बस्दै

तपाईंले छुटाउनुभयो कि?