श्रीमती, साला र ससुरा मिलेर ज्वाँई लाइ कुटिकुटि मारेपछि… !
सारांश
- अस्बिन खड्का, ३० जेठ ।
- सप्तरीमा एकजनाकाे कुटाइबाट ज्यान गएकाे छ ।
- राजविराज नगरपालिका–९ मलेठका ४५ वर्षीय रामदयाल उनका छोरा र उनकी छोरी ले मिलेर कुटपिट गरेका थिए ।
अस्बिन खड्का, ३० जेठ । सप्तरीमा एकजनाकाे कुटाइबाट ज्यान गएकाे छ ।
राजविराज नगरपालिका–९ मलेठका ४५ वर्षीय रामदयाल उनका छोरा र उनकी छोरी ले मिलेर कुटपिट गरेका थिए ।कुटपिट गर्दा आफ्नै ज्वाइँ २६ वर्षीय दीपेन्द्र मण्डल काे मृत्यु भएकाे हाे ।
उनिहरूले कुटपिट गरेर फालेकाे शव हनुमाननगर नगरपालिका स्थित गिदखोरा ससुराली घरभन्दा करिब १ किलोमिटर टाढा फेला परेको थियो।
परिवार सहितको कुटपिटबाट मण्डलको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।
श्रीमती अञ्जना साहले छोरीको जन्मदिनको बहानामा बोलाई मण्डलको हत्या गरेको उनीहरुको आरोप छ।
दुई वर्षअघि प्रेम विवाह गरेकी २२ वर्षिय अञ्चना मण्डलकी कान्छी श्रीमती हुन्। जेठी श्रीमती रेशमी मण्डलसँग बस्ने गरेकोले अन्जनाको परिवारले योजनाबद्ध ढंगले हत्या गरेको मृतककी काकी ले बताइन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
ससुरा रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह प्रहरी नियन्त्रणमा रहेको एसपी मुकेशकुमार सिंहले बताए।
उनको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया