श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ९, २०७६
|
|
५२ पटक हेरिएको
Shares
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग

सारांश

  • आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ।
  • प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन।
  • आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं विदेशीहरू मारिएको बताइएको छ।

आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ।

प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन।

आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं विदेशीहरू मारिएको बताइएको छ।

सूरक्षा निकायमाथि कारबाहीको माग

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतवारको आक्रमणका बारेमा प्राप्त पूर्व सूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएका छन्।

टेलिभिजन सम्बोधनमा उनले उक्त आक्रमणका बारेमा प्राप्त सूचनाबारे आफूलगायत अन्य मन्त्रीहरूलाई समेत जानकारी नदिइएको बताएका थिए।

तर उनले अबको प्राथमिकता दोषीलाई कारबाही गर्ने रहेको उल्लेख गरेका छन्।

उक्त आक्रमणमा ३५ जना विदेशीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

घटना पछि श्रीलङ्कामा मिथ्या सूचनाहरू फैलिएको भन्दै सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाइएको छ।

श्रीलङ्कामा सरकारले लगाएको कर्फ्यु सोमबार बिहान ६ बजेबाट हटाइएको छ।

यस अधि श्रीलङ्काका एक जना मन्त्री हरिन फर्नानडोले नाम नखुलाइकन एउटा समूहले १० दिन अगाडि आक्रमण गर्न सक्ने सूचना दिएपनि सम्भावित घटना बारे राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सरकारलाई जानकारी दिन नसकेको बताएका थिए। बिबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नियम विपरीत सञ्चालनमा रहेका औषधि र मासु पसलमा सिलबन्दी !
नियम विपरीत सञ्चालनमा रहेका औषधि र मासु पसलमा सिलबन्दी !
सप्तरीमा एक नकली मतदाता पक्राउ
सप्तरीमा एक नकली मतदाता पक्राउ
असार १६ गतेको राशीफल यस्तो छ
नेकपा पछ्याउँदै बाबुराम र उपेन्द्र दुवै अध्यक्ष हुने
नेकपा पछ्याउँदै बाबुराम र उपेन्द्र दुवै अध्यक्ष हुने
कोरोना भाइरसबाट मृत्यु भएमा यस्तो छ शव व्यवस्थापन गर्ने कार्यविधि
१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
राेचक समाचार : नेपालको सीमा नजिकै २५ रुपैयाँमा २० मिनेट युवती भाडामा
राेचक समाचार : नेपालको सीमा नजिकै २५ रुपैयाँमा २० मिनेट युवती भाडामा
राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री लगायतको कार्यकाल गोलाप्रथाबाट आज तोकिंदै
राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री लगायतको कार्यकाल गोलाप्रथाबाट आज तोकिंदै
सिन्डिकेट विरुद्ध विद्यार्थी बोक्ने बसले यात्रु ओसारे
सिन्डिकेट विरुद्ध विद्यार्थी बोक्ने बसले यात्रु ओसारे
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता

तपाईंले छुटाउनुभयो कि?