संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द

सारांश

  • काठमाडौं, २५ भदाै।
  •   नेपालमा राजनीतिक कार्यालय स्थापना गरी राष्ट्र संघीय मिशनको नाममा राजनीति हुन थालेपछि वर्तमान सरकारले तीन महिनाभित्र बन्द गर्न निर्देशन दिएको संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द गरिएको छ ।
  • संयुक्त राष्ट्रसंघले नेपालस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभागको (डिपिए) कार्यालय बन्द भएको औपचारिक घोषणा गरेको हो ।

काठमाडौं, २५ भदाै।  नेपालमा राजनीतिक कार्यालय स्थापना गरी राष्ट्र संघीय मिशनको नाममा राजनीति हुन थालेपछि वर्तमान सरकारले तीन महिनाभित्र बन्द गर्न निर्देशन दिएको संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द गरिएको छ ।

संयुक्त राष्ट्रसंघले नेपालस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभागको (डिपिए) कार्यालय बन्द भएको औपचारिक घोषणा गरेको हो । कार्यालय औपचारिक रुपमा बन्द गरिएको जानकारी राष्ट्रसंघका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै जनाएका छन् । राष्ट्र संघको बिज्ञिप्तमा भनिएको छ, ‘विगत २ दशकदेखि नेपालको शान्ति प्रक्रियामा सघाउँदै आएको डिपिए नेपालमा संविधान निर्माण र यससँगै भएको तीन चरणको निर्वाचनपछि औपचारिक रुपमा बन्द गर्ने निर्णय गरेका छौं ।’
यसअघि ‘अनमिन’ सन् २००६ देखि २०११ सम्म औपचारिक रुपमा नेपालमा रही सेना समायोजन लगायत तत्कालीन माओवादीलाई राजनीतिको मुल प्रबाहमा ल्याउन सहयोग गर्न नेपाल आएको थियो ।

तर, त्यसयता भने नेपालमा अनधिकृत रुपमा डिपिएका रुपमा बस्दै आएको विषयमा चासो दिएपछि सरकारले नै बन्द गर्न निर्देशन दिएको थियो । डिपिएले नेपाल सहित दक्षिण एसियाली राष्ट्रहरुको राजनीतिक अनुगमन नेपालबाटै गर्ने गरेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

बक्तव्यको पूर्ण पाठ
Note to Correspondents: Closing of United Nations Department of Political Affairs Nepal Liaison Office
The United Nations Department of Political Affairs (DPA) marked the official closure today of the DPA Nepal Liaison Office, established in 2011 following the closure of United Nations Mission in Nepal. Nepal has been a valuable partner of the United Nations and an active contributor of global peace operations since it joined the Organization in 1955. During this period, Nepal has undergone several historic transformations towards peace, stability and prosperity.

For the past two decades, the United Nations has accompanied the Government and Nepali leaders on the county’s pathway to peace, including the 2006 Comprehensive Peace Agreement. Nepal’s homegrown and nationally owned peace process reached an important milestone following the adoption of an inclusive and democratic Constitution in 2015 and completion of three-tier elections in 2017.

्The United Nations and the international community at large have commended the homegrown peaceful transition process.  The United Nations is  committed to continue to work with Nepali political leaders and civil society on consolidating the peace agenda, including on broader human rights and development goals, towards a future of sustained peace and prosperity.
New York, 7 September 2018

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?