संसदको विशेष अधिवेशन मागेर ओलीवरुद्ध अविश्वासको प्रस्तावको रणनीति

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २४, २०७७
|
|
५८ पटक हेरिएको
Shares
संसदको विशेष अधिवेशन मागेर ओलीवरुद्ध अविश्वासको प्रस्तावको रणनीति

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नमानेपछि उनलाई हटाउन संसदीय बाटो अबलम्बन गर्ने रणनीति समेत तयार भएको छ ।
  • विकल्पमा अविश्वासको प्रस्ताव समेत राखेर गृहकार्य भइरहेको बुझिएको छ ।
  • प्रधानमन्त्री अ‍ोलीले क्याबिनेट डाकेर संसदको बजेट अधिवेशन अन्त गरेकोमा सत्तापक्ष र प्रतिपक्ष दुवै असन्तुष्ट छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नमानेपछि उनलाई हटाउन संसदीय बाटो अबलम्बन गर्ने रणनीति समेत तयार भएको छ । विकल्पमा अविश्वासको प्रस्ताव समेत राखेर गृहकार्य भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री अ‍ोलीले क्याबिनेट डाकेर संसदको बजेट अधिवेशन अन्त गरेकोमा सत्तापक्ष र प्रतिपक्ष दुवै असन्तुष्ट छन् । उनले एकै दिनमा अधिवेशन अन्तको निर्णय गराएर सोही दिन सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन गर्न लगाए । यसबाट नेपाली काँग्रेस र जनता समाजवादी पार्टी असन्तुष्ट रहेका छन् ।

काँग्रेस र जसपाले विशेष अधिवेशन बोलाउन आग्रह गर्ने तयारी समेत भएको छ । उनीहरु नेकपा विवादलाई पर्ख र हेरको स्थितिमा छन् । नेकपा विवाद कुन चरणमा पुग्छ हेरेर विशेष अधिवेशनमा बढ्ने तयारी रहेको विश्वस्त स्रोतले बताएको छ ।

विशेष अधिवेशन डाकेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि नेकपाभित्रको विरोधी समुहको ग्रीन सिग्नल भने आउन जरुरी रहेको भन्दै पर्खिएको बुझिएको छ । संसदमा अविश्वासको प्रस्ताव आइहालेमा नेकपाको विरोधी पक्षको साथ विना ओलीलाई हटाउन असम्भव छ । त्यतिबेला संसदीय दलले लिने निर्णय महत्वपूर्ण हुनसक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री
महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री
फुटबल फ्यानमाथि गोली प्रहार, एक को मृत्यु
फुटबल फ्यानमाथि गोली प्रहार, एक को मृत्यु
बिहान ८:३० बजे को अप्डेट :बुटवल उपमहानगरपालिका र घोराही उप-महानगरपालिका !
बिहान ८:३० बजे को अप्डेट :बुटवल उपमहानगरपालिका र घोराही उप-महानगरपालिका !
चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री
चुनावमा सहभागी भएर लोकतान्त्रिक उत्सव सफल पारौंः प्रधानमन्त्री
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
बामदेवले नेकपा विवादको टुंगो लगाउने जिम्मा पाउने
बामदेवले नेकपा विवादको टुंगो लगाउने जिम्मा पाउने
सुदूरपश्चिममा हट्यो विद्युत् भोल्टेजको समस्या
सुदूरपश्चिममा हट्यो विद्युत् भोल्टेजको समस्या
प्रतिनिधिसभा विशेष समय : ‘सरकारको राम्रो कामको प्रशंसा गर्नुपर्छ’
प्रतिनिधिसभा विशेष समय : ‘सरकारको राम्रो कामको प्रशंसा गर्नुपर्छ’
शिवपुरमा महायज्ञ सुरु,  गुणस्तरीय शिक्षा हुनुपर्नेमा जोड
शिवपुरमा महायज्ञ सुरु, गुणस्तरीय शिक्षा हुनुपर्नेमा जोड

तपाईंले छुटाउनुभयो कि?