संसद् बैठक ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्न छलफल

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ७, २०८०
|
|
४५ पटक हेरिएको
Shares
संसद् बैठक ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्न छलफल

सारांश

  • काठमाडौं।
  • संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा छलफल गरिएको छ।
  • सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिसँग सो विषयमा संयुक्तरुपमा छलफल गरेका हुन्।

काठमाडौं। संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा छलफल गरिएको छ। सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिसँग सो विषयमा संयुक्तरुपमा छलफल गरेका हुन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “संसद्को आगामी अधिवेशनदेखि नै थप प्रभावकारी ढंगले बैठक सञ्चालन गर्न क्यालेन्डर निश्चित गर्ने र त्यसका लागि १५ दिनको, ३० दिनको र सिंगाे सत्रका लागि अलगअलग क्यालेन्डर बनाउनेबारेमा छलफल भएको छ।” साथै संसद्को सत्र कहिलेसम्म सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको र विभिन्न रायसुझाव प्राप्त भएको उनले बताए।

सभामुख घिमिरेले आगामी हिउँदे सत्र चाँडै बोलाउने र त्यसका लागि गर्नैपर्ने तयारीका सम्बन्धमा पनि राय, परामर्श प्राप्त भएको बताए। बैठकमा उनले समितिमा विधेयकसम्बन्धी अवस्था र बाँकी रहेका विषयका बारेमा जानकारी लिनुका साथै आवश्यकताअनुसार बैठक बोलाएर समझदारीका साथ छिटो सक्न निर्देशन दिएका थिए।

सो अवसरमा एउटै विषयमा फरकफरक समितिले गर्ने छलफल सम्बन्धमा कुरा भएको र समन्वयका लागि सभामुखले निर्देशन दिएका थिए। बैठकमा दातृ निकायबाट समितिलाई हुने विभिन्न सहयोगका विषयमा पनि छलफल भएको र त्यस्तो छलफल एकीकृतरुपमा तथा संसद् सचिवालयलमार्फत गर्दा राम्रो हुने सुझाव आएको सभामुख घिमिरेले बताए।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, अर्थसमितिका सभापति सन्तोष चालिसे सहभागी थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैकल्पिक चिकित्साबाट सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिने
वैकल्पिक चिकित्साबाट सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिने
युट्यूबमा चुनावी गीत  दललाई भोट माग्दै कलाकार
युट्यूबमा चुनावी गीत दललाई भोट माग्दै कलाकार
विमानस्थलमा बम राखेको ‘थ्रेट’ दिनेको खोजी तिब्र
विमानस्थलमा बम राखेको ‘थ्रेट’ दिनेको खोजी तिब्र
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
प्रदुषणका कारण एक वर्षमा ९० लाखको मृत्यु, धेरै मृत्यु हुने देशमा नेपाल छैटौं
प्रदुषणका कारण एक वर्षमा ९० लाखको मृत्यु, धेरै मृत्यु हुने देशमा नेपाल छैटौं
मुख्यमन्त्री शाही बाढीपीडित बस्तीमा श्रम दिवस मनाउँदै !
मुख्यमन्त्री शाही बाढीपीडित बस्तीमा श्रम दिवस मनाउँदै !
कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो
कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो
नेपाल सरकार र अध्यक्ष पुनबीच सहमति
नेपाल सरकार र अध्यक्ष पुनबीच सहमति
प्रधानमन्त्री दाहाल र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने
देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने

तपाईंले छुटाउनुभयो कि?