सडक विस्तार नगर्न आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
३३ पटक हेरिएको
Shares
सडक विस्तार नगर्न आग्रह

सारांश

बलेवा । सर्वोच्च अदालतको फैसला नआउँदै सडक विस्तार गर्न लागेको जनाउँदै बागलुङ नगरपालिका–१ का स्थानीयले विरोध जनाएका छन् ।

सडक डिभिजन कार्यालय बागलुङलाई निवेदन दिँदै स्थानीयले बागलुङ–१ बाङ्गेचौरदेखि उपल्लाचौर माथिल्लो चोकसम्मको सडकमा सरकारबाट हालसम्म कुनै किसिमको मुआब्जा र सुविधा नपाएको जनाएका छन् । सो विषयमा मुद्दा दायर भएकाले फैसला नआउँदासम्म काम नगर्न नगराउन उनीहरुले माग गरेका हुन् ।

मध्यपहाडी लोकमार्ग मापदण्डसम्बन्धी दबाब समितिले सडक डिभिजन कार्यालय बागलुङलाई पत्र बुझाउँदै प्रशासन र प्रहरी कार्यालयलाई बोधार्थ दिएका छन् । आफूहरु विकास विरोध नभएको र आफ्ना माग सम्बोधनका लागि सर्वाेच्च अदालतमा मुद्दा चलिरहेकाले फैसला नआएसम्म काम गर्न नहुने मध्यपहाडी लोकमार्ग मापदण्डसम्बन्धी दबाब समितिका संयोजक केवी रानामगरले बताए ।

रामरेखा क्षेत्रका प्रभावित ८९ पीडितले २०७६ चैतमा सर्वोच्च अदालतमा मुद्दा दिएकाले जनताको नैसर्गिक अधिकार र कानुनको बर्खिलाप हुने गरी काम नगर्न नगराउन निवेदन दिएको उनले जानकारी दिए । सडक डिभिजन कार्यालय बागलुङले बाङ्गेचौरदेखि बागलुङ–१ को कार्यालयसम्म सडक साँघुरो र दुर्घटनाको दृष्टिकोणले जोखिमयुक्त रहेकाले मर्मत गर्न लागिएको जनाएको छ ।

सडकको विशेष मर्मत कार्यका लागि टेवा पर्खाल तथा नाली निर्माणका लागि अतिआवश्यक भएकाले बाङ्गेचौरदेखि बागलुङ नगरपालिका–१ को कार्यालयसम्म मात्र सडक मर्मत गर्न लागिएको डिभिजनको स्पष्ट पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिउँको रमाइलो छ चिनियाँ शहर ‘हारबिन’ मा
हिउँको रमाइलो छ चिनियाँ शहर ‘हारबिन’ मा
पाँच पार्टीका १२ शिर्ष नेता जस्ले आफैलाई भोट हाल्न नपाउने !
पाँच पार्टीका १२ शिर्ष नेता जस्ले आफैलाई भोट हाल्न नपाउने !
कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित
कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित
चाइनिज पेस्तोल देखाएर लुट्न खोज्नेहरु
चाइनिज पेस्तोल देखाएर लुट्न खोज्नेहरु
सवारी दुर्घटनामा २४ घन्टामा ११ को मृत्यु
सवारी दुर्घटनामा २४ घन्टामा ११ को मृत्यु
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित
प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित
उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत
उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत
चाबहिल- साँखु सडकखण्डमा यात्रुलाई सास्ती
चाबहिल- साँखु सडकखण्डमा यात्रुलाई सास्ती
मेलाबाट फर्कदा हराएका पत्रकार तेजु खड्काको निधन भएको पुष्टि
मेलाबाट फर्कदा हराएका पत्रकार तेजु खड्काको निधन भएको पुष्टि

तपाईंले छुटाउनुभयो कि?