सन्दीप लामिछानेविरुद्धको मुद्धाको अन्तिम सुनुवाई आज

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ११, २०८०
|
|
४९ पटक हेरिएको
Shares
सन्दीप लामिछानेविरुद्धको मुद्धाको अन्तिम सुनुवाई आज

सारांश

  • काठमाडौं ।
  • क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धाको अन्तिम सुनुवाई आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा तोकिएको छ ।
  • नाबालिका किशोरीमाथि जबरजस्ती करणीको आरोप लागेका क्रिकेटर लामिछानेविरुद्धको मुद्धाको अन्तिम सुनुवाइ आजदेखि हुन लागेको हो ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धाको अन्तिम सुनुवाई आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा तोकिएको छ । नाबालिका किशोरीमाथि जबरजस्ती करणीको आरोप लागेका क्रिकेटर लामिछानेविरुद्धको मुद्धाको अन्तिम सुनुवाइ आजदेखि हुन लागेको हो ।

न्यायाधीश ढकालको इजलासमा आज लामिछानेविरुद्धको मुद्धाको पेशी चौथो नम्बरमा तोकिएको छ । यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो ।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो ।

स्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

(https://basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?