कुन पार्टीबाट को को बने मन्त्री?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ३, २०७९
|
|
५४ पटक हेरिएको
Shares
कुन पार्टीबाट को को बने मन्त्री?

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीपरिषद् २१ दिनपछि विस्तार भएको छ।
  • मंगलबार नियुक्त भएका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन्।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीपरिषद् २१ दिनपछि विस्तार भएको छ। मंगलबार नियुक्त भएका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन्।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन्।

यस्तै, एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री, डा. विमला राई पौडेल परराष्ट्र मन्त्री, राजेन्द्र राई भूमिसुधार मन्त्री, पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री, भगवती चौधरी महिला बालबालिका मन्त्री, हरि उप्रेती रक्षामन्त्री र ज्वाला साह कृषि तथा सहकारी मन्त्रीका रुपमा सपथ लिएका छन्।

माओवादी केन्द्रबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बनेका छन्। माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन्।

रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिखिर खनाल शिक्षामन्त्री, तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्। पार्टी अध्यक्ष रवि लामिछाने यसअघि नै गृहमन्त्री भइसकेका छन्।

राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री, ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्रीका रुपमा सपथ लिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रयाक्टरबाट खसेर घाइते भएका बालकलाई मामाले जंगलमा फालेपछि…
ट्रयाक्टरबाट खसेर घाइते भएका बालकलाई मामाले जंगलमा फालेपछि…
मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग
मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
को बन्ला शेर्पा विद्यार्थीको नेता ?
को बन्ला शेर्पा विद्यार्थीको नेता ?
पत्रकार आज चुनावमा भिड्दै
पत्रकार आज चुनावमा भिड्दै
नेविसंघका दुई समूहबीच झडप
नेविसंघका दुई समूहबीच झडप
बाबुराम भट्टराईलाई छोडेकी करिष्मा मानन्धर अर्को हप्ता नेकपा प्रवेश गर्दै
काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी

तपाईंले छुटाउनुभयो कि?