सभामुखमा सुवास नेम्वाङ दोहोरिने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ११, २०७६
|
|
३४ पटक हेरिएको
Shares
सभामुखमा सुवास नेम्वाङ दोहोरिने

सारांश

  • प्रतिनिधिसभाको सभामुखमा नेकपा नेता सुवासचन्द्र नेम्वाङ दोहारिने भएका छन् ।
  • उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गराएर नेम्वाङलाई सभामुख बनाउने विषयमा आन्तरिक सहमति भएको छ ।
  • तुम्वाहाम्फेलाई मन्त्री बनाउने बिषयमा नेताहरु सहमत छन् ।

प्रतिनिधिसभाको सभामुखमा नेकपा नेता सुवासचन्द्र नेम्वाङ दोहारिने भएका छन् । उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गराएर नेम्वाङलाई सभामुख बनाउने विषयमा आन्तरिक सहमति भएको छ । तुम्वाहाम्फेलाई मन्त्री बनाउने बिषयमा नेताहरु सहमत छन् ।

तर तुम्वाहाम्फेले मन्त्री पदका जाने की नजाने भन्नेमा दोधारमा छिन् । नेम्वाङलाई नेकपाका दुवै अध्यक्षले सभामुख बनाउने विषयमा आन्तरिक सहमति गरिसकेका छन् । पूर्व माओवादीबाट अघि सारिएका अग्नी सापकोटालाई सहमत गराइसकेको एक नेताले बताए ।

तर, नेताहरुलाई पनि सहमत गराएर पार्टीको सचिवालय निर्णय गर्नुपर्ने भएकाले संसद बैठक भने सार्ने तयारी छ । संसदको बैठक आज १ बजे बोलाइएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा जेल पुगेपछि संसदमा सभामुखको खोजी जारी छ ।

नेकपाले निर्णय गर्नुअघि उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा दिने तयारी छ । पर्सीसम्म राजीनामा आउने ती नेताको दावी छ । सभामुख निर्वाचनका लागि मार्गप्रसस्त गर्न उपसभामुखबाट राजिनामा आउनु पर्छ । समाजवादीले छाडेका दुईमध्ये मन्त्रालय मध्ये रोजेर लिन तुम्वाहाम्फेलाई भनिसकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
चिनियाँ लगानीकर्तामा उत्साह, नेपाललाई के फाइदा होला ? नेपाल-चीन वार्ताः सकारात्मक,,
चिनियाँ लगानीकर्तामा उत्साह, नेपाललाई के फाइदा होला ? नेपाल-चीन वार्ताः सकारात्मक,,
गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन
गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन
‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना, तीन पाठकलाई रु २५ हजारले सम्मान
‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना, तीन पाठकलाई रु २५ हजारले सम्मान
आजका मुख्य मुख्य खबरहरु  ,चुनावले बढाउँदै ‘चिन्ते’ रोग !
आजका मुख्य मुख्य खबरहरु ,चुनावले बढाउँदै ‘चिन्ते’ रोग !
झडपमा प्रहरीकाे मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू
झडपमा प्रहरीकाे मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू
मानिसपछिका सबैभन्दा समझदार १० प्राणी
मानिसपछिका सबैभन्दा समझदार १० प्राणी
माग बोकेर झापाली प्रधानमन्त्री ओलीसँगै पुगे
माग बोकेर झापाली प्रधानमन्त्री ओलीसँगै पुगे
अध्ययन भ्रमणमा माओवादी केन्द्रका नेताहरु चीन प्रस्थान
अध्ययन भ्रमणमा माओवादी केन्द्रका नेताहरु चीन प्रस्थान

तपाईंले छुटाउनुभयो कि?