सयौँ वर्ष पुराना मानिसका कङ्काल भेटिए…

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १७, २०७३
|
|
३७१ पटक हेरिएको
Shares
सयौँ वर्ष पुराना मानिसका कङ्काल भेटिए…

सारांश

  • चन्दननाथ नगरपालिका–५ भारतीवाडा जुम्लामा सयौँ वर्ष पुराना मानव कङ्काल भेटिएका छन् ।
  • घरमुली शिवलाल डाँगीको घरको सेफ्टी ट्याङ्की खन्ने क्रममा मानव कङ्काल भेटिएका हुन् ।
  • ट्याङ्की खन्दाको छ फिट तल कङ्काल भेटिएका घरमूली शिवलाल डाँगीले जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिका–५ भारतीवाडा जुम्लामा सयौँ वर्ष पुराना मानव कङ्काल भेटिएका छन् ।

घरमुली शिवलाल डाँगीको घरको सेफ्टी ट्याङ्की खन्ने क्रममा मानव कङ्काल भेटिएका हुन् । ट्याङ्की खन्दाको छ फिट तल कङ्काल भेटिएका घरमूली शिवलाल डाँगीले जानकारी दिनुभयो । भेटिएका कङ्कालमा मानव खप्पर, हात खुट्टाको हड्डी लगायतका ३० वटा टुक्रा रहेको डाँगीले बताउनुभयो ।

“कृषि सुपरजोनको सेफ्टी ट्याङ्की, अमर सन्देश गेस्ट हाउस, जिल्ला प्रशासनको भवन निर्माणदेखि बजारका अधिकांश ठाउँमा मानव कङ्काल भेटिँदै आएका छन्”, उहाँले भन्नुभयो । भेटिएका यी कङ्काल आफूले सुरक्षित साथ बोरामा राखेको उहाँको भनाइ छ । इतिहासलाई केलाएर हेर्दा जुम्ला खलङ्गा सदरमुकाम तत्कालीन समयमा चिहानघाट थियो भन्ने कुरा स्थानीय बूढापाका बताउँछन् । उनीहरुका अनुसार हालको प्रतिष्ठान शिक्षण अस्पताल क्षेत्र पनि त्यतिबेलाको चिहानघाट भएको र पहिले यो भूमि पानीले डुबेको थियो ।

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जा मन्त्रालयको श्वेतपत्र : अब ‘हरेक नेपाली विद्युतका सेयरधनी’
ऊर्जा मन्त्रालयको श्वेतपत्र : अब ‘हरेक नेपाली विद्युतका सेयरधनी’
रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”
रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”
भन्सारमा सीसी क्यामरा जडान
भन्सारमा सीसी क्यामरा जडान
प्रदेश १ सरकारको निर्णय मन्त्रालयबाट घटाएर ९ बनाउने
प्रदेश १ सरकारको निर्णय मन्त्रालयबाट घटाएर ९ बनाउने
बामदेवमात्र हाेइन नारायणकाजी श्रेष्ठकाे पनि अावस्यक छ संसदमा: झलनाथ खनाल
बामदेवमात्र हाेइन नारायणकाजी श्रेष्ठकाे पनि अावस्यक छ संसदमा: झलनाथ खनाल
प्रितम पछि सारेगमपमा आइतबार आयुषले धमाका मच्चाउँदै (भिडियो सहित)
प्रितम पछि सारेगमपमा आइतबार आयुषले धमाका मच्चाउँदै (भिडियो सहित)
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
जीप र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
जीप र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
बल्ल मिल्यो एमाले माओवादी भागबन्डा  ! प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई दलबीचको बाँडफाँट
बल्ल मिल्यो एमाले माओवादी भागबन्डा ! प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई दलबीचको बाँडफाँट
अध्यक्ष राणाले लगानी वृद्धि गर्न आग्रह गर्ने
अध्यक्ष राणाले लगानी वृद्धि गर्न आग्रह गर्ने

तपाईंले छुटाउनुभयो कि?