सरकारी कार्यालय भवनको छाना खस्दा आठ जनाको मृत्यु !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ३, २०७४
|
|
५३ पटक हेरिएको
Shares
सरकारी कार्यालय भवनको छाना खस्दा आठ जनाको मृत्यु !

सारांश

  • कात्तिक ३ : दक्षिणी भारतको तामिल नाडू राज्यमा अवस्थित यहाँको यातायात कार्यालय भवनको छाना खस्दा शुक्रबार बिहान आठ जनाको ज्यान गएको समाचार छ ।
  • चेन्नईबाट करिब ३१२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी आठ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
  • मृत्यु हुने सबैजना सोही कार्यालयका कर्मचारी रहेका बताइएको छ ।

कात्तिक ३ : दक्षिणी भारतको तामिल नाडू राज्यमा अवस्थित यहाँको यातायात कार्यालय भवनको छाना खस्दा शुक्रबार बिहान आठ जनाको ज्यान गएको समाचार छ ।

चेन्नईबाट करिब ३१२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी आठ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

मृत्यु हुने सबैजना सोही कार्यालयका कर्मचारी रहेका बताइएको छ । उक्त भवनको छाना शुक्रबार बिहानी पख करिब साढे तीन बजे अकस्मात खसेको थियो । त्यस समयमा ती व्यक्तिहरु सोही कार्यालयमा सुतेका थिए ।

त्यसमा परी अरु तीन जना घाइते भएका छन् । गम्भीर घाइते उनीहरुलाई भत्किएको सो भवनको भग्नाबशेषबाट उद्वार गरेर अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार सो भवन किन भत्कियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ । भारतमा यसरी भवन भत्किने घटना दोहोरिइरहेका पाइन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थलमा यतिको जहाज चिप्लियो, केही यात्रु सामान्य घाइते, विमानस्थलमा उडान अवतरण बन्द
त्रिभुवन विमानस्थलमा यतिको जहाज चिप्लियो, केही यात्रु सामान्य घाइते, विमानस्थलमा उडान अवतरण बन्द
यसकारण काठमाडौँमा शनिबारसम्म लोडसेडिङ हुने
यसकारण काठमाडौँमा शनिबारसम्म लोडसेडिङ हुने
२३ गाई मृत भेटिए, भीरबाट खसालेर मारेको आशंका
२३ गाई मृत भेटिए, भीरबाट खसालेर मारेको आशंका
ठेक्का हटेपछि आम्दानी
अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको हैन, आज पारित हुन्छ : रायमाझी
अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको हैन, आज पारित हुन्छ : रायमाझी
उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन
उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
पशुपतिमा पारस शाहको नयाँ हुलिया (हेर्नुहोस् ५ तस्बिरमा)
पशुपतिमा पारस शाहको नयाँ हुलिया (हेर्नुहोस् ५ तस्बिरमा)

तपाईंले छुटाउनुभयो कि?