सरकार र सिके राउतबीचको सहमतिले देउवा खुशी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सरकार र सिके राउतबीचको सहमतिले देउवा खुशी

सारांश

  • बेनी।
  • नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताएका छन्।
  •   नेपाल प्रेस युनियन म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ।
बेनी। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताएका छन्। 
नेपाल प्रेस युनियन म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ।” 
सभापति देउवाले सरकार र राउत समूहबीच भएको सहमतिपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई जनमत सङ्ग्रहका रुपमा स्वीकार गर्न नसकिने बताए। ‘‘मैले सरकारले सहमति गरेको भन्ने सुनेको छु, तर सबै बुँदा पढेको छैन, नेपालको केही भूभागको विषयमा जनमत सङ्ग्रह हुन सक्दैन,’’ उनले भने। 
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले केही बुँदामा अस्पष्टता भए त्यसलाई सरकारले प्रस्ट पार्नु र्ने बताउँदै आफूले पार्टीमा कसैको अधिकार नखोसेको स्पष्ट पारे। 
पार्टीको विधानानुसार नै आफू चलेको बताउँदै उनले पार्टीमा आन्तरिक प्रतिस्पर्धाका लागि सबैलाई खुला रहेको समेत बताए। ‘‘पार्टीमा चुनाव लड्न सबैलाई अधिकार छ, पार्टीभित्रको एकता कायम गर्न म सधैं तयार छु,’’ उनले भने। 
सभापति देउवाले नेविसङ्घभित्रको उमेरहद र निर्वाचनको विवाद सङ्गठनभित्रको आन्तरिक विवाद रहेको उल्लेख गर्दै विधानानुसार नै पार्टीलाई अघि बढाइने बताए। 
सभापति देउवाले नेपालका बहुसङ्ख्यक नागरिक हिन्दू रहेको बताउँदै देशमा अन्य नागरिकले पनि विभिन्न धर्म मान्ने भएकाले नेपाललाई हिन्दू राज्य घोषणा गर्न सम्भव नहुने बताए। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पले खोसेको खुशी खानेपानी आयोजना बनेसँगै गाउँमा फर्कियो
भूकम्पले खोसेको खुशी खानेपानी आयोजना बनेसँगै गाउँमा फर्कियो
बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास
बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास
नवराज सिलवालसँगै शुशीला कार्कीसमेत तानिदै -सर्वोच्चको निर्णयपूर्ण पाठ
नवराज सिलवालसँगै शुशीला कार्कीसमेत तानिदै -सर्वोच्चको निर्णयपूर्ण पाठ
शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल
शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल
राष्ट्रपति भण्डारीले हेलिकप्टरबाटै अवलोकन गरिन् कोदो, मकै र गहुँ खेती
राष्ट्रपति भण्डारीले हेलिकप्टरबाटै अवलोकन गरिन् कोदो, मकै र गहुँ खेती
ब्राउन सुगरसहित तीन पक्राउ
ब्राउन सुगरसहित तीन पक्राउ
जोशीको भाग्यको फैसला गर्ने संसदीय सुनुवाई समितिको बैठक सुरू
जोशीको भाग्यको फैसला गर्ने संसदीय सुनुवाई समितिको बैठक सुरू
विद्यार्थीलाई ट्रयाकसुट र शैक्षिक सामग्री
विद्यार्थीलाई ट्रयाकसुट र शैक्षिक सामग्री
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ
राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ