सर्वोच्चको आदेश पालना गरेन नेपाल स्टक एक्सचेन्जले

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ३, २०७५
|
|
४७ पटक हेरिएको
Shares
सर्वोच्चको आदेश पालना गरेन नेपाल स्टक एक्सचेन्जले

सारांश

  • काठमाडाै, ३ साउन ।
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत लाइ हाजिर गर्न दिइएकाे छैन ।
  • ओली सरकारले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले पद गुमाएका थिए।

काठमाडाै, ३ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत लाइ हाजिर गर्न दिइएकाे छैन ।ओली सरकारले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले पद गुमाएका थिए।

असार २० गते बुधबार साँझ बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेज गरेको थियो। सरकारको सो निर्णयसँगै साउँदको नियुक्ति खारेजीसँगै अर्थमन्त्रालयले उनको स्थानमा अर्थका पूर्व उपसचिव रमेश अर्याललाई पठाएको थियो। विधिवत रूपमा दिएको नियुक्ति बद्नियतपूर्ण तरिकाले खारेज गरेको भन्दै साउँद सर्वोच्च अदालत गएका थिए। सर्वोच्चको असार ३१ को अन्तरिम आदेशअनुसार उनको पद पुनर्बहाली भयो।

सर्वोच्चको आदेशपछि कार्यालय जान थालेका उनलार्इ त्यहाँ हाजिर गर्न रोकिएको छ।मंगलबार र बुधवार हाजिरको लागि कार्यालय गए पनि हाजिर गर्न नपाएको साउँदले  बताए। ‘कसले नदिएको भन्ने कुरा पछि गरैंला तर यो सर्वोच्च अदालतको अदेशविरूद्ध मलार्इ हाजिर गर्न रोकिएको छ’ उनले भने। वर्तमान सरकारले नियुक्त गरेका प्रमुख कार्यकारी अधिकृत अर्याल हाल नेप्सेमा हाजिर गर्दै आएका छन्। स्रोतकाअनुसार नेप्से अध्यक्ष लक्ष्मण न्यौपानेले साउदलाई हाजिर गर्न रोकेका हुन्। नेप्से प्रवक्ता मुराहरि पराजुली यो घटनाको विकास के कसरी भइरहेको आफूलाई जानाकारी नभएको बताए। उनलेभने, ‘सिइओको नेमप्लेट चाहिँ रमेश अर्यालको नै छ।’

अर्थ मन्त्रालयले नेप्सेमा साउँदलार्इ नराख्ने तयारी गरेको स्रोतले बतायो। अर्थमन्त्री डा।युवराज खतिवडा उनलार्इ त्यहाँ राख्ने पक्षमा छैनन्।नेपाल खबरका अनुसार  ‘नियमपूर्वक उनलाई कुन स्थानमा कसरी लैजाने भन्ने विषयमा अर्थमन्त्रालयमा छलफल भइरहेको छु, स्रोतले बुधबार भन्यो, नियमले उनलाई अन्य स्थानमा लान नमिल्ने देखिएको खण्डमा मात्र उनी नेप्सेमा बस्नेछन्। पूर्ववर्ती देउवा सरकारले गत असोज २२ गते मन्त्रिपरिषदको निर्णयबाट साउदलार्इ नेप्से कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो। उनलार्इ ४ वर्षको नियुक्ति दिइएको छ।

नेप्सेको प्रमुख कार्यकारी नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले ज्योति विकास बैंकका नायब कार्यकारी प्रमुख मनोज ज्ञवाली, प्राध्यापक प्रमोद शर्मा, नेपाल इन्स्योरेन्सका पूर्व मुख्य कार्यकारी चन्द्र साउदको नाम सरकारलाई सिफारिस गरेको थियो। समिति सिफारिसपछि सरकाले साउदलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज प्रतिवेदन पारित होला? पार्टी एकता संयोजन समितिको वैठक
इन्डोनेसिया भूकम्प – मृत्यु हुनेको संख्या बढ्यो, मानिसहरु त्रसित
इन्डोनेसिया भूकम्प – मृत्यु हुनेको संख्या बढ्यो, मानिसहरु त्रसित
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायाे अापुर्ति मन्त्रीलाई ज्ञापनपत्र
राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायाे अापुर्ति मन्त्रीलाई ज्ञापनपत्र
संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गरिने : मन्त्री बिना मगर
संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गरिने : मन्त्री बिना मगर
राष्ट्रिय ध्वजावाहक विदेशीलाई बेच्ने योजनामा खरेल
राष्ट्रिय ध्वजावाहक विदेशीलाई बेच्ने योजनामा खरेल
यस्ता छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरुका प्रतिवद्धता
यस्ता छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरुका प्रतिवद्धता
भिड्दै नारायणकाजी र बाबुराम ! कस्ले मार्ला बाजी ?
भिड्दै नारायणकाजी र बाबुराम ! कस्ले मार्ला बाजी ?
राजनीतिक आकासमा कालो बादल
राजनीतिक आकासमा कालो बादल
प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा
प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा

तपाईंले छुटाउनुभयो कि?