‘सांसदले फाइल बोकेर मन्त्रालयका कोठा, भर्याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ २४, २०७५
|
|
५० पटक हेरिएको
Shares
‘सांसदले फाइल बोकेर मन्त्रालयका कोठा, भर्याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्’

सारांश

  • काठमाडौैं, २४ जेठ ।
  • राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताका कामका लागि सांसदहरु फाइल बोकेर मन्त्रालयको कोठा–कोठा धाउने पद्दतिको अन्त्य हुनुपर्ने बताएका छन् ।
  • संघीय संसद्का सांसदलाई कानुन तर्जुमालगायत विषयमा संसदीय प्रक्रियाबारे जानकारी दिन बुधबार संसद भवन वानेश्वरमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटनमा बोल्दै कानुन निर्माणमा सक्रिय बनाउन जनताका कामलाई सरकारले सहजिकरण गरिदिनुपर्ने बताए ।

काठमाडौैं, २४ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताका कामका लागि सांसदहरु फाइल बोकेर मन्त्रालयको कोठा–कोठा धाउने पद्दतिको अन्त्य हुनुपर्ने बताएका छन् ।

संघीय संसद्का सांसदलाई कानुन तर्जुमालगायत विषयमा संसदीय प्रक्रियाबारे जानकारी दिन बुधबार संसद भवन वानेश्वरमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटनमा बोल्दै कानुन निर्माणमा सक्रिय बनाउन जनताका कामलाई सरकारले सहजिकरण गरिदिनुपर्ने बताए ।

‘सदनको बैठकमा कुर्सी खाली रहने अवस्थाले जनताप्रति सांसद उत्तरदायी बन्न आवश्यक छ, भन्ने देखाएको छ,’ उनले भने, ‘जनप्रतिनिधिले बैठक छाडी जनताका कामका लागि फाइल बोकेर मन्त्रालयका कोठा र भ¥याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस् ।’ जनताले काम बोकेर आउने सांसदको काम एकै ठाउँबाट हुन सकेमा सुशासनको नमुना त्यही हुने बताए ।

अध्यक्ष तिमिल्सिनाले संविधानअनुसार धेरै कानुन बन्न बाँकी रहेको बताउँदै कानूनको मस्यौदा समयमा तयार नपारेर संसद र सांसदले अपजस खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गरे ।

अभिमुखीकरणमा संविधान निर्माण, संघीय संसद् र संसदीय अभ्यास, संघीय संसद सचिवालयको आधारभूत जानकारी, कानुन, तर्जुमा, बजेट निर्माण र वित्तीय अनुगमनमा संसदको भूमिका, संसद र नागरिकबीच सम्बन्ध, संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, कानून निर्माणलगायतका विषयमा प्रस्तुति हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको दोस्रो चरणको आन्दोलन ८ मंसिरदेखि
रास्वपाको दोस्रो चरणको आन्दोलन ८ मंसिरदेखि
सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला
सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला
नेकपा एमाले कसैले पालेकाे घरपालुवा कुकुर हाेइन: प्रधानमन्त्री अाेली
आदिवासी/जनजाति पत्रकार महासंघको छैठौं महाधिवेशन चैतमा
आदिवासी/जनजाति पत्रकार महासंघको छैठौं महाधिवेशन चैतमा
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम  बैंककाे अभियान !
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम बैंककाे अभियान !
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
संखुवासभा बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत
संखुवासभा बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत
केयूमा सात सङ्कायको मात्र ताला खुल्यो
केयूमा सात सङ्कायको मात्र ताला खुल्यो
बाढी पीडित भन्छन्– जसले बाढी रोक्ने ठोस योजना ल्याउँछ त्यसैलाई भोट
बाढी पीडित भन्छन्– जसले बाढी रोक्ने ठोस योजना ल्याउँछ त्यसैलाई भोट

तपाईंले छुटाउनुभयो कि?