साउदी अरेबियामा कोरोनाले ५२ जना नेपालीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २५, २०७७
|
|
५७ पटक हेरिएको
Shares
साउदी अरेबियामा कोरोनाले ५२ जना नेपालीको मृत्यु

सारांश

  • साउदी अरेबियामा कोभिड १९ को संक्रमणबाट ५२ नेपालीको मृत्यु भएको छ।
  • साउदीमा अहिलेसम्म ४ हजार १ सय ७ जना संक्रमित भएका छन् ।
  • साउदीस्थित नेपाली राजदुत महामहिम डा महेन्द्रप्रसाद राजपूत सिंहका अनुसार सुरुवाती दिनमा तीव्र रूपमा फैलिएकाले नेपाली पनि संक्रमित भएर ज्यान गुमाउनु परेको हो।

साउदी अरेबियामा कोभिड १९ को संक्रमणबाट ५२ नेपालीको मृत्यु भएको छ। साउदीमा अहिलेसम्म ४ हजार १ सय ७ जना संक्रमित भएका छन् ।

साउदीस्थित नेपाली राजदुत महामहिम डा महेन्द्रप्रसाद राजपूत सिंहका अनुसार सुरुवाती दिनमा तीव्र रूपमा फैलिएकाले नेपाली पनि संक्रमित भएर ज्यान गुमाउनु परेको हो। कोरोनाबाट संक्रमित भएका नेपालीहरू उल्लेख्यनीय रूपमा निको भएको उनले बताए।

हालको तथ्याङअनुसार साउदीमा ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन। दुतावास रियाद र बाणिज्य दुतावास जेद्धाले स्रोत साधनले भ्याएसम्म साउदीमा कार्यरत नेपालीलाई कोरोना भाइरस सम्बन्धि सरकारको दिएको निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गर्दै आएको छ ।

कोरोना भाइरसबाट हालसम्म साउदीमा ३ लाख २३ हजार १२ जना संक्रमित हुनुको साथै २ लाख ९८ हजार ९ सय ६६ जना निको भएका छन् भने ४ हजार १ सय ६५ जनाको मृत्यु भएको छ। संक्रमितसँगै निको हुने औषत दर ९२ प्रतिशत रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५ जनाको मृत्यु भएको सप्तरी घटना: प्रदेश सरकारले दियाे चासाे
५ जनाको मृत्यु भएको सप्तरी घटना: प्रदेश सरकारले दियाे चासाे
भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प
भारतीय सुरक्षा बलद्वारा ट्याङकर मजदुर कुटिए पछि पेट्रोलियम पदार्थको आपुर्ति ठप्प
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ
रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका
रसुवामा बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारका
सुदूूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित
सुदूूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित
आजको राशिफल
आजको राशिफल
यी ५ राशी भएका मानिस किन अरुभन्दा चलाख र होशियार हुन्छन् ?
यी ५ राशी भएका मानिस किन अरुभन्दा चलाख र होशियार हुन्छन् ?
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
बन्धक बनाएर छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ
बन्धक बनाएर छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ
आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता
आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता

तपाईंले छुटाउनुभयो कि?