साउदी तेल खानी आक्रमणमा ‘इरानको हात’ तर ‘युद्ध नहोस्’ भन्ने ट्रम्पको चाहना

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ३१, २०७६
|
|
४८ पटक हेरिएको
Shares
साउदी तेल खानी आक्रमणमा ‘इरानको हात’ तर ‘युद्ध नहोस्’ भन्ने ट्रम्पको चाहना

सारांश

  • बीबीसी।
  • तेलको मूल्य वृद्धि निम्त्याउनेगरी साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा गरिएका आक्रमणमा इरानको हात रहेको लगभग स्पष्ट भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।
  • यसको प्रतिक्रिया कसरी दिने भन्नेबारे निर्णय लिनुअघि वाशिङ्टनले थप प्रमाण खोजिरहेको उनले उल्लेख गरे।

बीबीसी। तेलको मूल्य वृद्धि निम्त्याउनेगरी साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा गरिएका आक्रमणमा इरानको हात रहेको लगभग स्पष्ट भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।

यसको प्रतिक्रिया कसरी दिने भन्नेबारे निर्णय लिनुअघि वाशिङ्टनले थप प्रमाण खोजिरहेको उनले उल्लेख गरे। तर युद्ध नहोस् भन्ने आफ्नो इच्छा भएको ट्रम्पले बताएका छन्।

समाचारसंस्था एएफपीका अनुसार इरानले नै ती आक्रमण गरेको जस्तो देखिएको भन्दै उनले भने, “कसले गरेको हो हामी त्यो पत्ता लगाउन चाहन्छौँ।“

“हामी निश्चय पनि युद्ध नहोस् भन्ने चाहन्छौँ। म कसैसँग युद्ध चाहन्नँ तर हामी त्यसका लागि अरूभन्दा बढी तयार छौँ,“ एएफपीले ट्रम्पलाई उद्धृत गरेको छ।

बहराइनका युवराज हमाद बिन इसा अल‍(खलिफालाई भेटेपछि ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गरेका थिए।

उनले अमेरिकाले साउदी अरब, यूएई र तिनका छिमेकी तथा आफ्ना मित्रराष्ट्रसँग कुराकानी गर्ने बताइ।

यसअघि उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव एन्स स्टोल्टेनबेर्गले इरानले क्षेत्रीय अस्थिरता फैलाइरहेको आरोप लगाएका थिए।

स्टोल्टेनबेर्गले साउदी तेल केन्द्रमा गरिएका आक्रमणपछि तनाव चुलिन सक्ने भन्दै आफू निकै चिन्तित बनेको बताए।

ती आक्रमणपछि विश्वको कुल तेल उत्पादनको पाँच प्रतिशत घटेको छ।

अमेरिकाको आरोपको खण्डन गर्दै इरानले ती घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ।

इरानका राष्ट्रपति हसन रूहानीले “प्रतिकारस्वरूप यमनका मानिसहरूले“ आक्रमण गरेको बताएका छन्।

इरानको समर्थन रहेको यमनको हूथी विद्रोही समूहले आक्रमण आफूले गराएको दाबी गरेको छ।

तर आक्रमणका दिशा र क्षमतालाई लिएर हूथी विद्रोहीको सामर्थ्यमाथि अमेरिकाले आशङ्का व्यक्त गरेको छ।

साउदी आक्रमणमा इरान संलग्न भएको प्रमाण भएको अमेरिकी दाबीबारे तेहरानले केही बोलेको छैन।

तर इरानका परराष्ट्रमन्त्रीले पोम्पेओको आलोचना गर्दै आइतवार एउटा ट्वीट गरेका थिए। “अधिकतम दबावमा असफल भएपछि पोम्पेओ जालझेलमा लागेका छन्,“ उनले लेखेका थिए।

उनले ट्रम्प प्रशासनले सुरु भएको इरानविरुद्ध “अधिकतम दबाव अभियान“ लाई सङ्केत गरेका हुन्।

इरानसँग गरिएको परमाणु सम्झौताबाट बाहिरिएपछि अमेरिकाले इरानविरुद्ध आर्थिक प्रतिबन्धमा कडाइ गरेको छ।

एएफपी समाचार संस्थासँगको अन्तर्वार्तामा स्टोल्टेनबेर्गले भने, “हामी सबै पक्षलाई फेरि पनि त्यस्ता आक्रमण हुन नदिन आग्रह गर्छौँ किनकि त्यसको समग्र क्षेत्रमा नकारात्मक असर पर्छ। र, तनाव चुलिन सक्ने कुरालाई लिएर हामी निकै चिन्तित छौँ।“

यसअघि आक्रमणमा इरान संलग्न भएको आफ्नो गुप्तचर निकायको भनाइ उद्धृत गर्दै अमेरिकाले प्रमाणस्वरूप भूउपग्रहबाट खिचिएका तस्बिर सार्वजनिक गरेको थियो।

न्यूयोर्क टाइम्सका अनुसार आक्रमणमा ड्रोन र क्रूज क्षेप्यास्त्र प्रयोग भएको हुन सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्। तर ती सबै अब्काइकस्थित प्रशोधन केन्द्र र खुरैसस्थित तेल खानीसम्म पुगेनन्।

सन् २०१५ देखि यमनमा युद्ध भइरहेको छ। हूथी विद्रोहीले राष्ट्रपति अब्द्रबुह मन्सूर हादीलाई राजधानी सानाबाट भाग्न बाध्य पारेका थिए। साउदी अरेबियाले हादीलाई समर्थन गर्छ।

सो क्षेत्रका देशहरू हूथी विद्रोहीविरुद्ध एकबद्ध भएका छन्।
उनीहरूको गठबन्धनले दिनहुँजसो हूथीविरुद्ध हवाई आक्रमण गर्छन्। हूथीहरूले प्रायस् साउदी अरेबियामा क्षेप्यास्त्र प्रहार गर्छन्।

हूथी समूहका प्रवक्ताले आफूविरुद्ध नाकाबन्दी र आक्रमण जारी भए साउदी अरेबियामा थप आक्रमण गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली–प्रचण्ड विसर्जनवादी हुन, अब बैद्य र विप्लवसँग एकता गर्छौं: ऋषि कट्टेल
ओली–प्रचण्ड विसर्जनवादी हुन, अब बैद्य र विप्लवसँग एकता गर्छौं: ऋषि कट्टेल
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
छतबाट खसेर सशस्त्र प्रहरी जवानको मृत्यु
छतबाट खसेर सशस्त्र प्रहरी जवानको मृत्यु
चीन-ताइवान तनाव बढ्दो, अमेरिकी सभामुख किन पुगिन् ताइवान ?
चीन-ताइवान तनाव बढ्दो, अमेरिकी सभामुख किन पुगिन् ताइवान ?
मन्त्रालय भित्रै झण्डै हात हालाहाल, धरापमा सरकार !
मन्त्रालय भित्रै झण्डै हात हालाहाल, धरापमा सरकार !
उपत्यकामा एकैदिन १७०२ कोरोना संक्रमित थप
१० बुँदे घोषणा पत्र जारी गर्दै सकियो ल्वाङ बैठक
१० बुँदे घोषणा पत्र जारी गर्दै सकियो ल्वाङ बैठक
कता न कता हुने जोखिमका बिचको एकता-बिजय तिमल्सिना
कता न कता हुने जोखिमका बिचको एकता-बिजय तिमल्सिना
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
पूर्वी नाका पशुपतिनगरमा प्रहरीको आधुनिक भवन, उपाध्यायले गरे उद्घाटन
पूर्वी नाका पशुपतिनगरमा प्रहरीको आधुनिक भवन, उपाध्यायले गरे उद्घाटन

तपाईंले छुटाउनुभयो कि?