साना किसानलाई अनुदान

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
४८ पटक हेरिएको
Shares
साना किसानलाई अनुदान

सारांश

  • कृषिलाई व्यवसाय बनाएकालाई बागलुङ नगरपालिकाले अनुदान वितरण गरेको छ ।
  • दोहोरो नपर्ने गरी नगरपालिकाले कृषि र पशुपालन गरेका किसानलाई लगानी, मिहिनेत र क्षेत्रफल तथा पशु सङ्ख्याका आधारमा अनुदान दिएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।
  • प्रदेश र सङ्घीय सरकारबाट अनुदान पाएकाबाहेक चालू आर्थिक वर्षमा झण्डै एक सय किसानलाई अनुदान वितरण गरेको हो ।

कृषिलाई व्यवसाय बनाएकालाई बागलुङ नगरपालिकाले अनुदान वितरण गरेको छ । दोहोरो नपर्ने गरी नगरपालिकाले कृषि र पशुपालन गरेका किसानलाई लगानी, मिहिनेत र क्षेत्रफल तथा पशु सङ्ख्याका आधारमा अनुदान दिएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

प्रदेश र सङ्घीय सरकारबाट अनुदान पाएकाबाहेक चालू आर्थिक वर्षमा झण्डै एक सय किसानलाई अनुदान वितरण गरेको हो । नगरपालिकाले कृषि अनुदानका माध्यमबाट रु १२ लाख ८० हजार अनुदान बाँडेको हो । कम्तीमा चार रोपनी जग्गामा सुन्तला र अन्य कृषि उत्पादनको काम गरेका किसान, माछातर्फ ५०० भन्दा बढी, पशुपालन भए कम्तीमा पाँचवटा पालेका तथा दूध उत्पादन गरेका किसानलाई पुरस्कारस्वरुप अनुदान बितरण गरिएको हो ।

नगरपालिकाका प्रमुख पौडेलले छनोट भएर आएका किसानलाई अनुदान दिनुभयो । सार्वजनिक सूचना जारी गरेर परेका निवेदनबाट छनोट गरिएको उहाँले बताउनुभयो । पौडेलले अनुदान सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयोे । अनुदान दुरुपयोग भएमा सरकारी बाँकीसरह असुल उपर गरिने भन्दै काम गर्नेलाई प्रोत्साहन दिने योजना ल्याएको बताउनुभयो ।

पौडेलले किसानले र बालबालिकाले झुटो बोल्दैन भन्ने मान्यताले उनीहरुको प्रतिबद्धता समेतलाई अनुदानमा सूचक बनाइएको बताउनुभयो । छनोटमा परेकालाई रु १२ हजारदेखि ४० हजारसम्म रकम नगदमै उपलब्ध गराइएको हो । सुन्तलातर्फ १० किसानलाई रु दुई लाख ३६ हजार र माछापालनका लागि ५०० भन्दा बढी पाल्ने तीन जनालाई रु ८० हजार वितरण गरिएको हो ।

लेयर्स कुखुरातर्फ कम्तीमा एक सय पाल्ने आठजनालाई रु दुई लाख, पाँच सयभन्दा बढी कोइलर पाल्ने २४ जनालाई रु तीन लाख ९० हजार, गाईभैँसीतर्फ पाँचभन्दा धेरै पाल्ने १३ जनालाई रु एक लाख ७५ हजार, बाख्रातर्फ एक सयभन्दा बढी पाल्ने २८ जनालाई रु तीन लाख ६५ हजार दिइएको हो । राँगोतर्फ तीन जनालाई रु ९९ हजार, बङ्गुर पाल्ने तीन जनालाई रु एक लाख ५० हजार, दूध उत्पादन र बिक्री केन्द्र स्थापना गर्ने चारजना किसानलाई रु एक लाख ८० हजार दिइएको हो । उपकरण चाहिने किसानको हकमा बिलअनुसारको नगद हस्तान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महरालाई सभामुखको जिम्मेवारीमा पठाउने प्रचण्ड चाहना
महरालाई सभामुखको जिम्मेवारीमा पठाउने प्रचण्ड चाहना
प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !
प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !
आनी छोइङ डोल्माको कनेक्सन फ्रि-तिब्बततिर ?
आनी छोइङ डोल्माको कनेक्सन फ्रि-तिब्बततिर ?
कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट
कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट
वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य
वामगठबन्धन विजयी भए महानगरको विकासमा सहज हुन्छ : शाक्य
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार
मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल
मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल
वानेश्वरमा आन्दोलनकारी सुरक्षाकर्मीबीच झडप, अश्रुग्याँस प्रहारपछि बिथोलियो सभा
वानेश्वरमा आन्दोलनकारी सुरक्षाकर्मीबीच झडप, अश्रुग्याँस प्रहारपछि बिथोलियो सभा
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
अाज दाेस्राे संविधान दिवस, संविधान कार्यान्वयन आशालाग्दो
अाज दाेस्राे संविधान दिवस, संविधान कार्यान्वयन आशालाग्दो

तपाईंले छुटाउनुभयो कि?