सामाजिक सञ्जाल प्रतिबन्ध, अंकुश वा दर्ता ! के गर्दैछ सरकार ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
३३ पटक हेरिएको
Shares
सामाजिक सञ्जाल प्रतिबन्ध, अंकुश वा दर्ता ! के गर्दैछ सरकार ?

सारांश

  • चैत २२, काठमाण्डौ । सदुपयोग भन्दा दुरुपयोग बढी भएको भन्दै सरकारले सामाजिक सञ्जालमा अंकुश लगाउने तयारी गरेको छ । सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि दर्ता गर्नुपर्ने प्रावधान ल्याउन लागिएको हो । दर्ता नगरी चलाए जुन कुनै बेला पनि बन्द गर्न सक्नेगरी सरकारले ल्याउन लागेको काननुको सर्वत्र विरोध हुँँदैछ । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दुवै सदनबाट हुबहु पारित भए अभिव्यक्ति स्वतन्त्रता झन् कुण्ठित हुने देखिएको छ । विधेयकको ‘दफा ४७’ ले चर्चित बनेको विद्युतीय कारोबार ऐन, २०६३ लाई खारेज गर्ने गरी ल्याइएको विधेयकमा संकुचित प्रावधान राखिएका छन् । विधेयक जस्ताको तस्तै पारित भए सामाजिक सञ्जालको निर्वाध प्रयोगमा अंकुश लाग्ने मात्र होइन, इन्टरनेटमा लेखेका सामग्रीका आधारमा पनि नागरिक दण्डित हुनुपर्ने स्थिति आउने चेतावनी विज्ञले दिएका छन् । सरकारको कामकारबाहीको आलोचना बन्द गराउन सञ्चारमाध्यमलाई अंकुश लगाउन खोजिएको विज्ञहरूको बुझाइ छ । सञ्चार माध्यममाथि क्रमशः बन्देज लगाउँदै सरकार निरंकुश बन्न खाजेको सञ्चारविज्ञहरुले बताएका छन् । सरकारले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई ५ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजाय हुने कानुनको प्रस्ताव गरेको छ । सुचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र चेतनाप्राप्त गर्नेलाई भ्रममा पार्न नहुने व्यवस्था राखिएको छ .
  • । यस्तो कार्य गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान राखिएको छ ।.
  • सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले संसद्मा दर्ता गर्न ल्याएको यो विधेयकमा सुचना विभागमा दर्ता भएको सामाजिक सञ्जाल मात्रै नेपालमा सञ्चालन गर्न पाउने प्रावधान राखेको छ.

चैत २२, काठमाण्डौ । सदुपयोग भन्दा दुरुपयोग बढी भएको भन्दै सरकारले सामाजिक सञ्जालमा अंकुश लगाउने तयारी गरेको छ । सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि दर्ता गर्नुपर्ने प्रावधान ल्याउन लागिएको हो । दर्ता नगरी चलाए जुन कुनै बेला पनि बन्द गर्न सक्नेगरी सरकारले ल्याउन लागेको काननुको सर्वत्र विरोध हुँँदैछ ।

सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दुवै सदनबाट हुबहु पारित भए अभिव्यक्ति स्वतन्त्रता झन् कुण्ठित हुने देखिएको छ । विधेयकको ‘दफा ४७’ ले चर्चित बनेको विद्युतीय कारोबार ऐन, २०६३ लाई खारेज गर्ने गरी ल्याइएको विधेयकमा संकुचित प्रावधान राखिएका छन् । विधेयक जस्ताको तस्तै पारित भए सामाजिक सञ्जालको निर्वाध प्रयोगमा अंकुश लाग्ने मात्र होइन, इन्टरनेटमा लेखेका सामग्रीका आधारमा पनि नागरिक दण्डित हुनुपर्ने स्थिति आउने चेतावनी विज्ञले दिएका छन् ।

सरकारको कामकारबाहीको आलोचना बन्द गराउन सञ्चारमाध्यमलाई अंकुश लगाउन खोजिएको विज्ञहरूको बुझाइ छ । सञ्चार माध्यममाथि क्रमशः बन्देज लगाउँदै सरकार निरंकुश बन्न खाजेको सञ्चारविज्ञहरुले बताएका छन् ।

सरकारले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई ५ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजाय हुने कानुनको प्रस्ताव गरेको छ । सुचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र चेतनाप्राप्त गर्नेलाई भ्रममा पार्न नहुने व्यवस्था राखिएको छ .।

यस्तो कार्य गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान राखिएको छ ।. सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले संसद्मा दर्ता गर्न ल्याएको यो विधेयकमा सुचना विभागमा दर्ता भएको सामाजिक सञ्जाल मात्रै नेपालमा सञ्चालन गर्न पाउने प्रावधान राखेको छ.। विश्वमा भएका २ सयभन्दा बढी मुलुकमध्ये जम्मा ३५ वटा देशमा फेसबुकको कार्यालय छ । यस अर्थमा नेपाल सरकारले ल्याउन लागेको नियमलाई फेसबुक कार्यालयले के गर्ला भन्ने प्रश्न पनि उजिएको छ ।

सर्वसाधारण मात्र होइन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीप्रायः सबैका ट्विटर छन् । कतिका फेसबुक छन् । उनीहरु सबै दर्ताको दायरामा आउलान् त ?

आफ्ना व्यक्तिगत खुशी, दुःखदेखि लिएर सार्वजनिक हितका कुरा हुँदै सरकारप्रति जनताका आशा, अपेक्षासमेत सामाजिक सञ्जालमार्फत नै आउने गरेका छन् । आजको २१ औ शताब्दीको युग र लोकतान्त्रिक भनिएको मुलुकमा सामाजिक सञ्जालमा अंकुश लगाउँदा आउने परिणामप्रति सरकार पहिले नै सचेत बन्नुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयर ४१ अङ्कले घट्यो
माइक्रो, बस चढ्दा चनाखो रहनुस्, चोरको बिगबिगी
माइक्रो, बस चढ्दा चनाखो रहनुस्, चोरको बिगबिगी
स्थानीय चुनावमा ओलीको तयारी, यी दलसँग गर्न सक्छन् तालमेल
स्थानीय चुनावमा ओलीको तयारी, यी दलसँग गर्न सक्छन् तालमेल
प्रधानमन्त्री ओली भोलिदेखि बालुवाटारमा
प्रधानमन्त्री ओली भोलिदेखि बालुवाटारमा
म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल
म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
नेता टेकनाथ रिजाल प्रहरीको नियन्त्रणमा
नेता टेकनाथ रिजाल प्रहरीको नियन्त्रणमा
धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ : उपराष्ट्रपति
धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ : उपराष्ट्रपति
मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
पुनर्निर्माणका लागी भारतले एक खर्ब दिने वाचा गरेको १ रुपैयाँ पनि दिएन

तपाईंले छुटाउनुभयो कि?