सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र ४, २०७९
|
|
५१ पटक हेरिएको
Shares
सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी

सारांश

  • काठमाडौं ।
  • योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म पौने चार अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
  • हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई तीन अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

काठमाडौं । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म पौने चार अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई तीन अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ ।

कोषले औषधोपचार सुविधाबापत ४४ करोड ५९ लाख ९६ हजार रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत पाँच करोड ४५ लाख १७ हजार रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ६ करोड ४६ लाख ६३ हजार रुपैयाँ र वृद्धावस्था सुरक्षा योजनाबापत तीन अर्ब २१ करोड ६५ लाख ७१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले ६८ हजार ३६ योगदानकर्तालाई एक लाख ६ हजार चार सय ५८ पटक विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ ।

कोषमा हालसम्म तीन लाख ९९ हजार एक सय ९२ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख ७० हजार २९, कोसीबाट ३८ हजार आठ सय ६८, मधेसबाट २१ हजार दुई सय ४१, गण्डकीबाट १५ हजार दुई सय १७, लुम्बिनीबाट १४ हजार ८६, सुदूरपश्चिमबाट एक हजार पाँच सय २६ र कर्णालीबाट एक हजार दुई सय २५ श्रमिक कोषमा आबद्ध भएका छन् ।

कोषमा १७ हजार सात सय ३४ रोजगारदाता सूचीकृत छन् । हालसम्म ३० अर्ब ७९ करोड रुपैयाँ योगदान रकम सङ्कलन भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपचारका क्रममा कैदीको मृत्यु
उपचारका क्रममा कैदीको मृत्यु
एलपी ग्यासमा कालोबजारी रोक्न उपत्यकामा संयुक्त अनुगमन टोली परिचालन
एलपी ग्यासमा कालोबजारी रोक्न उपत्यकामा संयुक्त अनुगमन टोली परिचालन
यसकारण नरेन्द्र मोदी भ्रष्टाचारी हुन : राहुल गान्धी
यसकारण नरेन्द्र मोदी भ्रष्टाचारी हुन : राहुल गान्धी
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
विद्यार्थीसँग कानूनमन्त्री, घरदैलोमा सरकार
विद्यार्थीसँग कानूनमन्त्री, घरदैलोमा सरकार
काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नु पर्ने
काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नु पर्ने
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
सामाजिक संजालमा भाइरल युवकको यस्ताे हर्कत
सामाजिक संजालमा भाइरल युवकको यस्ताे हर्कत
सुनसरी दुई समुह बीच फाईट हँदा एक को मृत्यु
सुनसरी दुई समुह बीच फाईट हँदा एक को मृत्यु
काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग
काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग

तपाईंले छुटाउनुभयो कि?