सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २५, २०७७
|
|
४८ पटक हेरिएको
Shares
सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च

सारांश

  • कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् ।
  • यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ ।
  • कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की बताउनुहुन्छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की बताउनुहुन्छ ।

यातायात पूर्वाधारको राम्रो व्यवस्था नभएको र कार्यालय सञ्चालनमा रहेकाले आम मानिस जोरबिजोरबीच बाध्य भएर जोखिमपूर्ण यात्रा गर्दा रोगको सङ्क्रमण बढ्न थालेको उहाँ बताउनुहुन्छ । गत बिहीबारदेखि जोरबिजोर लागू गरिएपछि सार्वजनिक यातायातमा सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाउने भनी यसअघि यातायात व्यवस्था विभागले लागू गरेको नियमको पनि पालना नभएको यात्रुको गुनासो छ । भौतिक दूरी कायम नगरे कोरोनाको जोखिम जहाँसुकै हुने अध्यक्ष कार्की बताउनुहुन्छ । पछिल्लो समय उपत्यकाका रेष्टुरेन्टमा भीड बढेको उहाँले सुनाउनुभयो ।

कागेश्वरी मनोहरा नगरपालिका–५ का स्थानीयवासी श्रीराम सापकोटा कलङ्की चक्रपथ हुँदै साँखु चल्ने सार्वजनिक यातायातले शनिबार उभिएर यात्रु राख्दासमेत कतै पनि प्रहरीले जाँच नगरेको बताउनुहुन्छ । कम सवारी चल्दा गन्तव्यमा पुग्नै पर्ने यात्रु उभिएर पनि जान बाध्य भइरहेका छन् । भीडभाडमा कोरोना सर्ने जोखिम धेरै भए पनि जीविकोपार्जनका लागि यस्तो यात्रा गर्न पनि बाध्य हुनुपरेको यात्रु गीता ढकालको भनाइ छ । दैनिक टीकाथलीबाट आउने सवारीमा सिटभर र उभिएरसमेत यात्रा गर्न बाध्य हुनुको विकल्प नरहेको उहाँले सुनाउनुभयो ।

सार्वजनिक यातायातले साबिककै जति यात्रु बोक्न थाले पनि भाडा भने विभागले तोकेअनुसार ५० प्रतिशत बढाएरै असुल गरिरहेका छन् । सुन्दरीजलबाट रत्नपार्क आउने बा३ख १७७ नं सार्वजनिक यातायातले सात÷आठ जना यात्रु उभ्याएर यात्रा गरायो । यो यात्राको मार्गमा पर्ने महानगरीय प्रहरी वृत्त बौद्ध र त्यसअन्तर्गतको प्रभाग गोकर्णको मूल सडकमै भए पनि देखेको नदेखेकै गरिदिए । पुतलीसडकमा झरेका एक यात्रुले साबिककै भाडा दिएपछि परिचालकले ५० प्रतिशत बढेको भाडा माग गरे ।

यात्रु रामसुन्दर श्रेष्ठ ५० प्रतिशत बढेको भाडा नदिएपछि परिचालकसँग बाझ्नु परेको सुनाउनुहुन्छ । यात्रु श्रेष्ठले बढेको ५० प्रतिशत भाडा तिर्नुपरे ट्राफिक प्रहरीलाई खबर गर्छु भनेपछि चालकले सवारी दौडाएर बागबजारतिर लगे । उहाँले भने महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ नं फोन गरेर कारवाही गर्न उजुरी टिपाएको सुनाउनुभयो ।

महाशाखाका प्रवक्ता वामदेव गौतम ट्राफिकले उपत्यकाका ३२ स्थानमा जाँच केन्द्र नै स्थापना गरी बढी यात्रु चढाए नचढाएको अनुगमन भइरहेको बताउनुहुन्छ । शनिबारसमेत नियम विपरीत चलेको एक हजार १७५ सवारी नियन्त्रणमा लिइएको थियो । त्यसमध्ये ८०० मोटरसाइकल र ३७५ ठूला सवारी रहेको प्रवक्ता गौतमले बताउनुभयो । “सङ्क्रामक रोगको जोखिम बढिरहेका बेला दोहोरिएर नियम विपरीत चलाउने सवारीलाई सङ्क्रामक रोग ऐनअनुसार हदैसम्मको कानूनी कारवाही गर्छाैं, सिट क्षमताको ५० प्रतिशतभन्दा बढी यात्रु राख्न नपाउनेलगायत नियम उल्लङ्घन गरेमा महाशाखाको १०३, नेपाल प्रहरीको १०० र नजीकको प्रहरी कार्यालयको टेलिफोन नं फोन गरेर सवारी नं टिपाए तत्काल मोटरसाइकलमा खटिने समूहले कानूनी कारवाही गर्छ,” उहाँले भन्नुभयो ।

ट्राफिकले ३२ स्थानमा जाँच केन्द्र राखेर सार्वजनिक यातायातको अनुगमन गरिरहेको भने पनि स्थलगत रुपमा त्यस्तो नदेखिएको यात्रुको गुनासो छ । राजधानीको काठ क्षेत्रमा चल्ने सवारी साना छन् । दुईजना समेत बस्न नमिल्ने सिटमा विगतमा बस्दा पनि कोचिनुपर्ने पीडा भोगेका यात्रु हाल कोरोना सर्ने चिन्तामा आवतजावत गर्न बाध्य छन् । कोरोनाको महामारीका बेला सरकारले ५० प्रतिशतभन्दा बढी भाडा लिन पाउने भनी बनाएको नियम लागू गर्ने सवारीका परिचालकले सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्नुपर्ने नियमलाई भने बेवास्ता गरेका छन् । भीडभाड सवारीमा कोरोना सर्ने जोखिम उच्च हुन सक्ने यात्रुको गुनासो छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य उपत्यकाबाहिर सार्वजनिक यातायात चल्न नदिए पनि रातो प्लेटका सवारीमा बढी भाडा तिरेर राजधानीमा यात्रु आइरहेको दाबी गर्नुहुन्छ । यसरी आउने यात्रुका कारण उपत्यकामा कोरोनाको जोखिम अझै बढ्ने उहाँको भनाइ छ । राजधानीमा चल्ने साझा यातायात साँगा भञ्ज्याङसम्म पुगेर सिट क्षमताभन्दा बढी यात्रु ओसार्दा पनि प्रहरी मुकदर्शक बनेको महासङ्घले जनाएको छ । दोलालघाटलगायत काभ्रेपलाञ्चोक जिल्लाका सीमास्थलबाट आएका मानिस साँगाबाट साझा चढी राजधानी छिर्ने गरेको पनि अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिसी यु -१९: अफगानिस्तान ७ विकेटले विजयी, नेपाल बाहिरियो
एसिसी यु -१९: अफगानिस्तान ७ विकेटले विजयी, नेपाल बाहिरियो
गुप्तचरका कारण नेकपाको राजनीतिमा तरंग
गुप्तचरका कारण नेकपाको राजनीतिमा तरंग
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
राप्रपाले पुस २७ गते चियापान कार्यक्रम गर्ने
राप्रपाले पुस २७ गते चियापान कार्यक्रम गर्ने
‘नेपालमा चोटपटकबाट दैनिक ४६ को मृत्यु’
‘नेपालमा चोटपटकबाट दैनिक ४६ को मृत्यु’
प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित
प्रहरी प्रधान कार्यालयद्वारा एसएसपी र एसपीमा बढुवा (सूचीसहित)
प्रहरी प्रधान कार्यालयद्वारा एसएसपी र एसपीमा बढुवा (सूचीसहित)
फागुन ३ भित्र कर्मचारी समायोजन कठिन
फागुन ३ भित्र कर्मचारी समायोजन कठिन
महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभागका २० जनामा कोरोना संक्रमण

तपाईंले छुटाउनुभयो कि?