सिंहदरबार जानै छाडे देउवा, यस्तो छ कारण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
सिंहदरबार जानै छाडे देउवा, यस्तो छ कारण

सारांश

  • काठमाडौं, माघ २३ ।
  • पछिल्ला तीन सातादेखि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी कार्यालय सिंहदरबार जानै छाडेका छन् ।
  • तीन साताको अवधिमा प्रधानमन्त्री देउवाले आफ्नो निवास बालुवाटारमा मन्त्रिपरिषद्का १० वटा बैठक राखेका छन् ।

काठमाडौं, माघ २३ । पछिल्ला तीन सातादेखि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी कार्यालय सिंहदरबार जानै छाडेका छन् । तीन साताको अवधिमा प्रधानमन्त्री देउवाले आफ्नो निवास बालुवाटारमा मन्त्रिपरिषद्का १० वटा बैठक राखेका छन् ।

सामान्यतः सरकारका निर्णय प्रधानमन्त्री र मन्त्रीहरूको कार्यालय सिंहदरबारबाट गर्नुपर्ने मान्यता छ । बालुवाटार बैठकबारे कतिपय मन्त्रीले नै अनभिज्ञता जनाउन थालेका छन् । २१ पुसदेखि प्रधानमन्त्रीले लगातार मन्त्रिपरिषद्को बैठक बालुवाटारमै बसाउँदै आएका छन् ।
पूर्वमुख्यसचिव डा. विमल कोइराला सामान्यतः प्रधानमन्त्री बिरामी हुँदा वा तत्काल निर्णय गर्नुपर्दा मात्रै निवासमा बैठक राख्न सक्ने र अन्य समयमा सिंहदरबारमा राख्नुपर्ने बताउँछन् ।

पूर्वमुख्यसचिव दामोदरप्रसाद गौतमले अन्तर्राष्ट्रिय अभ्यासमा पनि प्रधानमन्त्रीले निवासमा बैठक राख्ने गरेको उदाहरण कहीँ पनि नभएको दाबी गरे । ‘विश्वमा यस्तो कहीँ पनि भएको छैन, हामीकहाँ यस्तो गाईजात्रा भइरहेको छ’, पूर्वमुख्यसचिव गौतमले भने । सञ्चारमन्त्री बस्नेतले दिउँसो जनताको काम गर्नुपर्ने भएकाले साँझको समयमा आफूहरूकै सुझावअनुसार प्रधानमन्त्रीले बालुवाटारमा बैठक राख्ने गरेको बताए । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sarmila Rai

    Deupa ji kin adharo mukh garnu bhako tapaiko patiko karykartale nai pati chalauna aaudain baru rajinama di thik hunxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ड्रोन क्यामेरा उडाउने तीन जना पक्राउ
ड्रोन क्यामेरा उडाउने तीन जना पक्राउ
प्रधानमन्त्रीबाट मङ्गलबार सुरुङको ‘बे्रक थु्र’ हुने
प्रधानमन्त्रीबाट मङ्गलबार सुरुङको ‘बे्रक थु्र’ हुने
विश्व सम्पदा सूचीमा सूचीकृत हुँदै पनौती
विश्व सम्पदा सूचीमा सूचीकृत हुँदै पनौती
शर्मालाई आईओएमको डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश
शर्मालाई आईओएमको डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
अबदेखि यी १८ अत्यावश्यक क्षेत्रमा बन्द–हडताल गर्न पाइँदैन
अबदेखि यी १८ अत्यावश्यक क्षेत्रमा बन्द–हडताल गर्न पाइँदैन
अफ्नै घरबाट सरकारी सेवा दिने यी वडा अध्यक्ष
अफ्नै घरबाट सरकारी सेवा दिने यी वडा अध्यक्ष
हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ: प्रचण्ड
हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ: प्रचण्ड
भारतीय गाडीसँग घुस लिँदै गरेका दुई सशस्त्र प्रहरी पक्राउ
भारतीय गाडीसँग घुस लिँदै गरेका दुई सशस्त्र प्रहरी पक्राउ
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”

तपाईंले छुटाउनुभयो कि?