सिन्धुलीमा ३५ र चितवनमा ३६ प्रतिशत मत खस्यो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३६ पटक हेरिएको
Shares
सिन्धुलीमा ३५ र चितवनमा ३६ प्रतिशत मत खस्यो

सारांश

  • काठमाडौं, मंसिर २१ – सिन्धुलीमा १२ बजेसम्म ३५ प्रतिशत मत खसेको छ ।
  • सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको प्रहरी नायब उपरीक्षक बिनोदराज शर्माले जानकारी दिनुभयो ।
  • सिन्धुलीमा २ वटा निर्वाचन क्षेत्र छन् ।

काठमाडौं, मंसिर २१ – सिन्धुलीमा १२ बजेसम्म ३५ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको प्रहरी नायब उपरीक्षक बिनोदराज शर्माले जानकारी दिनुभयो । सिन्धुलीमा २ वटा निर्वाचन क्षेत्र छन् ।

यस्तै, चितवनमा १२ वजे सम्म ३६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयोे । चितवनमा उत्साहका साथ मतदाताहरु मतदानमा सहभागी भइरहेको जानकारी दिंदै उहाँले शान्तिपूर्ण रुपमा सबै मतदान केन्द्रमा मतदान भइरहेको बताउनुभयो । चितवन जिल्लामा कुल ३ लाख ५४ हजार ३६ मतदाता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?