सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १, २०८१
|
|
४० पटक हेरिएको
Shares
सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला

सारांश

  • चितवन।
  • नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ।
  • उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो।

चितवन। नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ।

उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन्।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका वडा नम्बर ६का ३५ बर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ बर्षीय ऋषि कुमार सिंह रहेका थिए।

अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ र आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ। अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको छ।

पाँच दिनपहिले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिले सम्म फेला परेका छैनन् ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जस मध्ये तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
कस्ताे रहनेछ आजकाे माैसम ?
कस्ताे रहनेछ आजकाे माैसम ?
मेलमिलाप दिवसमा प्रजातान्त्रिक योद्धालाई सम्मान…
मेलमिलाप दिवसमा प्रजातान्त्रिक योद्धालाई सम्मान…
दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
प्रधानमन्त्रीसँग भेट्न नपाएर रिसाए महन्थ ठाकुर
प्रधानमन्त्रीसँग भेट्न नपाएर रिसाए महन्थ ठाकुर
कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनााइदिने समूह पक्राउ
कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनााइदिने समूह पक्राउ
एमाले माओवादी एकता- सिद्धान्तका कुरा महाधिवेशनबाट टुंगो लगाइने
एमाले माओवादी एकता- सिद्धान्तका कुरा महाधिवेशनबाट टुंगो लगाइने
स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै
स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै
बोल्डनेस र विवादका कारण चर्चित अभिनेत्री पुनम पाण्डेको निधन
बोल्डनेस र विवादका कारण चर्चित अभिनेत्री पुनम पाण्डेको निधन