सिरहामा माओवादी बन्यो पहिलो दल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ८, २०७४
|
|
४२ पटक हेरिएको
Shares
सिरहामा माओवादी बन्यो पहिलो दल

सारांश

  • लहान ।
  • सिरहा जिल्लाका १७ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
  • आइतबार विहान सिरहा नगरपालिकाको मेयरमा फोरम र उपमेयरमा एमालेले जितेसँगै सिरहाका सबै स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

लहान । सिरहा जिल्लाका १७ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । आइतबार विहान सिरहा नगरपालिकाको मेयरमा फोरम र उपमेयरमा एमालेले जितेसँगै सिरहाका सबै स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अन्तिम परिणामले सिरहा जिल्लाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र बनेको छ । अध्यक्ष प्रचण्डले चुनाव जितेको क्षेत्रसहित जिल्लाका १७ मध्ये ६ स्थानीय तह जितेर माओवादी पहिलो दल बनेको हो ।

प्रचण्ड सिरहा छाडेर चितवनमा उठ्ने चर्चा चलिरहेको बेला सिरहामा माओवादी बलियो बनेको छ ।

माओवादीले कर्जन्हा,गोलबजार,मिर्चैया र धनगढीमाई नगरपालिका जित हासिल गरेको छ । त्यस्तै अर्नमा र औरही गाउँपालिकामा पनि माओवादी जितेको छ ।

जिल्लाको दोस्रो ठूलो दल संघीय समाजवादी फोरम बनेको छ । फोरमले जिल्ला सदरमुकाम सिरहाको मेयर सहित ५ स्थानीय तह जितेको छ । फोरमले बरियारपटी,लक्ष्मीपुर पतारी,बिष्णुपुर र भगवानपुर गाउँपालिका समेत जितेको छ ।

देशकै ठूलो लहान नगरपालिका सहित ४ स्थानीय तहमा मेयर उपमेयर दुवै र सिरहा नगरपालिकामा उपमेयर जितेर एमाले तेस्रो बनेको छ । एमालेले लहान र सुखीपुर नगरपालिका तथा नरहा र सखुवानान्चारकट्टी गाउँपालिका जितेको छ ।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव,पूर्व कोषाध्यक्ष चित्रलेखा यादव,प्रभावशाली नेताहरु प्रदीप गिरी,पद्मनारायण चौधरी जस्ता प्रभावशाली नेता भए पनि सिरहामा कांग्रेस कमजोर देखिएको छ ।

कांग्रेसले कल्याणपुर नगरपालिका र नवराजपुर गाउँपालिका जितेको छ । सीतादेवी यादवका छोरा डा.शुभास यादव सिरहा नगरपालिकाको मेयरमा तेस्रो स्थानमा रहेर पराजित भएका छन् ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवले जिल्लामा आफ्नो कुनै प्रभाव देखाउन सकेनन् । सिरहा जिल्ला राजपामुक्त भएको छ । राजकिशोरकै गाउँपालिका कल्याणपुरमा कांग्रेसले जितेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुर्वाधार विकासमा नयाँ फड्को: झापाको रतुवा खोलामा अत्याधुनिक ‘ल्याण्डमार्क’ पुलको ५० प्रतिशत काम सम्पन्न
पुर्वाधार विकासमा नयाँ फड्को: झापाको रतुवा खोलामा अत्याधुनिक ‘ल्याण्डमार्क’ पुलको ५० प्रतिशत काम सम्पन्न
राम्रा मानिसले किन दुःख पाउँछन् ? यस्ता छन् विवेकान्दका ७ रोचक जवाफ
राम्रा मानिसले किन दुःख पाउँछन् ? यस्ता छन् विवेकान्दका ७ रोचक जवाफ
पत्रकार वडाध्यक्षमा विजयी
मोदी आउने भनेपछि फेसबुक-ट्विटरमा नाकाबन्दी सम्झँदै
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
काँग्रेसमा भिडन्त, मतदान हुँदै !
काँग्रेसमा भिडन्त, मतदान हुँदै !
मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम
मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम
श्रीमती बलात्कार गरेकाे अाराेपमा ४२ पति कारवाहीमा
श्रीमती बलात्कार गरेकाे अाराेपमा ४२ पति कारवाहीमा
बेलायतको भीसा पाउने नयाँ प्रणाली आयो
बेलायतको भीसा पाउने नयाँ प्रणाली आयो
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त