सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री बस्नेत

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
५५ पटक हेरिएको
Shares
सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री बस्नेत

सारांश

  • सुर्खेत, ९ कात्तिक ।
  • वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताएका छन् ।
  • नेपाल पे्रस सङ्गठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारले बनिबनाउ संयन्त्रमा काम गर्नुपर्ने अवस्था नरहेकाले जनताले सात महीनाकै अवधिमा परिणाम देख्न नपाएको बताए ।

सुर्खेत, ९ कात्तिक । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताएका छन् । नेपाल पे्रस सङ्गठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारले बनिबनाउ संयन्त्रमा काम गर्नुपर्ने अवस्था नरहेकाले जनताले सात महीनाकै अवधिमा परिणाम देख्न नपाएको बताए ।

“राज्यको पुनःसंरचनासँगै तीनै तहका सरकार सञ्चालन भएको विशिष्ट अवस्था हो”, मन्त्री बस्नेतले भने, “यस अवधिमा सरकारले आन्तरिक तयारीका सबै काम टुङ्ग्याउन लागेको छ, सरकार आफ्नो उद्देश्य र प्रतिबद्धतादेखि विचलित भएको छैन ।” उनले कानूनको मस्यौदा र प्रशासनिक पुनःसंरचनाको काम अन्तिम चरणमा पुगेको बताए । प्रदेश सरकारले अब हात फुकाएर काम गर्नुपर्ने अवस्था आउन लागेको उनको भनाइ थियो । “कतिपय काम शुरु पनि भइसकेका छन्, यसप्रति केन्द्र सरकार चिन्तित छ”, उनले भने ।

मन्त्री बस्नेतले केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नचाहेको आरोप सही नभएको टिप्पणी गरे। उनले भने, “सबैजसो मन्त्रालयले प्रदेश सरकारलाई आफ्ना संरचना हस्तान्तरण गरिसकेका र केहीका कानूनी जटिलताका कारण मात्र बाँकी रहेका छन्, ती पनि छिट्टै हस्तान्तरण हुन्छन् ।” एक फरक प्रसङ्गमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रहेका मन्त्री बस्नेतले कर्णाली प्रदेश संसदीय दलको नेतृत्व पार्टीले विधि, प्रक्रियाभित्रै रहेर टुङ्ग्याउने धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
थाहा पाउनुहाेस् तपाईंकाे राशिफल
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछः प्रधानमन्त्री
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछः प्रधानमन्त्री
कर्मचारीले बहुविवाह गर्दा जागिर नजानेगरी विधेयक !
बर्दियाको बढैयाताल गाउँपालिकामा एमाले विजयी
बर्दियाको बढैयाताल गाउँपालिकामा एमाले विजयी
जङ्गलको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु
जङ्गलको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु
उपसभामुख पुष्पा भुसाललाई मातृशोक
उपसभामुख पुष्पा भुसाललाई मातृशोक
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
जसपाले आज मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने
जसपाले आज मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने
माधव नेपाल ब्याक नहुने
माधव नेपाल ब्याक नहुने
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची

तपाईंले छुटाउनुभयो कि?