सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १०, २०७६
|
|
५५ पटक हेरिएको
Shares
सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

सारांश

  • उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् ।
  • आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ ।
  • जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ ।

उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ ।

जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले महोत्तरीको पूर्वीदक्षिणी सीमा मटिहानीदेखि पश्चिमीदक्षिणी सीमा खैरबनीसम्मको दशगजा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका जवानले संयुक्त गस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

संयुक्त सुरक्षा गस्तीले उपनिर्वाचनका मुखमा सीमाक्षेत्रबाट हुने अवाञ्छित गतिविधि नियन्त्रणसँगै साना हतियारको ओसारपसार, लागुऔषध कारोवार र मानव तस्करी रोक्न र सीमा विवाद बढ्न नदिन सहयोग पुग्ने प्रजिअ खत्रीको बिश्वास छ ।

पिपरा गाउँपालिकाका अध्यक्ष र मटिहानी एवं बलवा नगरपालिकाका तीन वडाका वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । बलवा – २ र ८ एवं मटिहानी–६ सहित तीन वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा अहिले पिपरा, बलवा र मटिहानीमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ ।

उपनिर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति, सुरक्षाकर्मी र अन्य व्यवस्था मिलाइसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बयालीस वडामा सचिव नभएपछि बैतडीका जनतालाई सास्ती
बयालीस वडामा सचिव नभएपछि बैतडीका जनतालाई सास्ती
मुख्यमन्त्री नीतीश कुमारमाथि पटनामा चप्पल प्रहार
मुख्यमन्त्री नीतीश कुमारमाथि पटनामा चप्पल प्रहार
कैलालीका टीकापुर र जानकी गाउँपालिकामा बाढी पस्यो, करिब २ सय घर डुबानमा
कैलालीका टीकापुर र जानकी गाउँपालिकामा बाढी पस्यो, करिब २ सय घर डुबानमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड
जंगली हात्तीले घर भत्कायो, धानबाली पनि नोक्सान
जंगली हात्तीले घर भत्कायो, धानबाली पनि नोक्सान
 पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत
 पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत
पूर्वमन्त्री गुप्तासहित ५ जनालाई १० वर्ष कैद
पूर्वमन्त्री गुप्तासहित ५ जनालाई १० वर्ष कैद
१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा
१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा
फोरममा मन्त्री छान्न उपेन्द्र यादवलाई सकस
फोरममा मन्त्री छान्न उपेन्द्र यादवलाई सकस
नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छः अर्थमन्त्री खतिवडा
नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छः अर्थमन्त्री खतिवडा

तपाईंले छुटाउनुभयो कि?