सुन्तला बिक्रीबाट जिल्लामा भित्रियो रु ३८ करोड

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २१, २०७५
|
|
५६ पटक हेरिएको
Shares
सुन्तला बिक्रीबाट जिल्लामा भित्रियो रु ३८ करोड

सारांश

  • गोरखा,२१ माघ ।
  • गोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै रु ३८ करोड आम्दानी भित्रिएको छ ।
  • अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

गोरखा,२१ माघ । गोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै रु ३८ करोड आम्दानी भित्रिएको छ ।अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

जिल्लामा भएको कूल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना क्षेत्रमा निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला तथा फलफूल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले जानकारी दिनुभयो । ‘ताङलिचोकलाई पनि जोेडेर हेर्ने हो भने मनकामना क्षेत्रमा जिल्लाभरिको उत्पादनमध्ये ५५ प्रतिशत सुन्तला उत्पादन तथा बिक्री भएको छ ।’ अधिकारीले भन्नुभयो ।

जिल्लामा यसवर्ष छ हजार ६०० टन सुन्तला उत्पादन तथा बिक्री भएको उहाँले बताउनुभयो । यसवर्ष गोरखामा उत्पादन भएको सुन्तला न्यूततम रु ५० देखि अधिकतम रु ८० किलोसम्ममा बिक्री भएको अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा यस वर्ष अघिल्लो वर्षभन्दा ३० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको छ । “अघिल्लो वर्ष चैत महीनामा खडेरी र असिनाले सुन्तला राम्रो हुनसकेको थिएन”, प्रमुख अधिकारीले भन्नुभयो, “तर यस पटक गएको चैत महीनामा पानी राम्रो परेकाले उत्पादनमा वृद्धि भएको हो ।”

यस्तै जिल्लामा कृषि जोन घोषणा भई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएका क्षेत्रमा सुन्तला बगैँचा व्यस्थापन, सिँचाइको राम्रो व्यवस्था लगायतका कारणले पनि सुन्तला उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ ।

खडेरी र पानीको अभावले सुन्तला उत्पादनमा बढी ह्रास आउने भएकाले त्यसतर्फ ध्यान पु¥याउन सके उत्पादनमा वृद्धि गर्न सकिने अधिकारीले बताउनुभयो । त्यस्तै जिल्लाको देउराली, खेप्लाङ लगायतका क्षेत्रमा पनि व्यावसयिक सुन्तलाखेती गरिँदै आएको छ । जिल्लामा कूल ८६५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तलाखेती हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट
सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट
बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू
प्रधानमन्त्रीको प्रेस संयोजकमा गोविन्द परियार
प्रधानमन्त्रीको प्रेस संयोजकमा गोविन्द परियार
हात्तीको आक्रमणमा परेर एकको मृत्यु
हात्तीको आक्रमणमा परेर एकको मृत्यु
कुलमान सहित सञ्चालक समितिका पूर्व पदाधिकारीलाई ९ अर्ब घोटलामा कारवाही गर्न लेखा समितिको सिफारिस
कुलमान सहित सञ्चालक समितिका पूर्व पदाधिकारीलाई ९ अर्ब घोटलामा कारवाही गर्न लेखा समितिको सिफारिस
एनसीसी दक्षिण कोरियाको महासचिवमा पुरु जोशीको उम्मेद्वारी
एनसीसी दक्षिण कोरियाको महासचिवमा पुरु जोशीको उम्मेद्वारी
आज कुशे औँसी, पिताको सम्मान गर्ने दिन
आज कुशे औँसी, पिताको सम्मान गर्ने दिन
Bônus Sexta-feira 1xBet: O que é, como funciona e como aproveitar
संविधान संशोधन देश र जनताविरुद्ध : नेकपा (एमाले)
संविधान संशोधन देश र जनताविरुद्ध : नेकपा (एमाले)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)

तपाईंले छुटाउनुभयो कि?