सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २, २०७७
|
|
५७ पटक हेरिएको
Shares
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति

सारांश

  • सरकारले सुरक्षाकर्मीको राशनभत्ता बढाउने तयारी गरेको छ ।
  • सुरक्षाकर्मीको राशनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।
  • सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा समिति गठन गरेको हो ।

सरकारले सुरक्षाकर्मीको राशनभत्ता बढाउने तयारी गरेको छ । सुरक्षाकर्मीको राशनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले एक समिति गठन गरेको छ । सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा समिति गठन गरेको हो । जसमा अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा राशनभत्ताबारे अध्ययन गर्न र सुझाव दिन मन्त्रालयले समिति गठन गरेको हो । समितिले अध्ययनको काम गरिरहेको सहसचिव गौतमले बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले पाँच वर्षअघिको दररेटअनुसार राशनभत्ता बुझ्दै आएका छन् । पाँच वर्षको अवधिमा करिब ४० प्रतिशत मूल्यबृद्धि भएपनि पुरानै राशनभत्ताका कारण खानै नपुगेको गुनासो सुरक्षाकर्मीले गर्दै आएका छन् । २०७२ को माघमा कायम भएको दररेटअनुसार नै अहिलेसम्म वितरण हुँदै आएको छ ।

राशनभत्ता बढाउन गृह मन्त्रालयले पटक पटक प्रस्ताव गरेपनि अर्थ मन्त्रालयले अस्वीकार गर्दै आएको छ । गत वर्ष बजार मूल्यअनुसार राशनभत्ता दिन पुग्ने गरी प्रहरीलाई निकासा भएपनि त्यसमा सरकारले नीतिगत सहमति नदिंदा नयाँ दररेटअनुसार वितरण हुन सकेन । यो वर्ष कोरोना महामारीका कारण धेरै बजेट त्यसतर्फ खर्च हुने भएकाले अर्थले यसमा सहमति दिएन ।

हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको बजार बाउ मूल्याङकन समितिले तय गर्ने दररेटअनुसार राशनभत्ता दिने निर्णय २०७२ सालमा भएको थियो । तर, पनि पाँच वर्षसम्म त्यसअनुसार बजेट निकासा हुन सकेको छैन । हाल हरेक जिल्लामा सुरक्षाकर्मीको राशनभत्ता फरक–फरक छ । नेपाली सेनाले भने हरेक वर्ष ठेक्कामार्फत आफ्ना कर्मचारीलाई नगद नभई राशन नै दिने गरेको छ ।

यसअघि गृहमन्त्रालयका सहसचिव चक्रबहादुर बुढाको नेतृत्वमा समेत यस्तै समिति गठन भएको थियो । जसले रहेक २ वर्षमा राशनभत्ता त्रढाउनुपर्ने सुझाव दिएको थियो । सो प्रतिवेदन कार्यान्वायन नगरी हाल नयाँ समिति गठन गरिएको छ । सहसचिव बुढा हाल गृहमै प्रवक्ताका रुपमा काम गरेका छन् । मन्त्रालयले सुरक्षाकर्मीको राशनभत्ता बढाउन पहल गरिरहेको उनी बताउँछन् ।

आगामी आर्थिक वर्षदेखि सम्भवतः सुरक्षाकर्मीको राशनभत्ता बढ्ने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । प्रहरीले भने माघदेखि नै बढाउन माग गरेको छ ।-दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ
अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
फाब्रिगासको ३ सय खेलमा चेल्सी ३–१ ले विजयी
फाब्रिगासको ३ सय खेलमा चेल्सी ३–१ ले विजयी
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
विमानस्थलभित्र यसरी बेचिन्छ मदिरा
विमानस्थलभित्र यसरी बेचिन्छ मदिरा
#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग
#meToo यौन दुर्व्यवहारका आरोपी नाना पाटेकर सहित ४ को नार्को टेष्ट गर्न तनुश्रीको माग
नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ
नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ
कौडीको भाउमा कसको इशारामा बिक्रि हुँदैछ नेपाल वायुसेवा निगमको विमान ?
कौडीको भाउमा कसको इशारामा बिक्रि हुँदैछ नेपाल वायुसेवा निगमको विमान ?
विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा
विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा
मेरो भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रितः प्रधानमन्त्री
मेरो भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रितः प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?