‘सुरक्षित महानगरपालिका अभियान’ शुरु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३, २०७४
|
|
६२ पटक हेरिएको
Shares
‘सुरक्षित महानगरपालिका अभियान’ शुरु

सारांश

  • विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले ‘सुरक्षित महानगरपालिका अभियान’ शुरु गरिएको छ ।
  • महानगरपालिका र सुरक्षा निकायको संयुक्त पहलमा यही असोज १ गतेदेखि तीन महिनासम्म सञ्चालन रहने सो अभियानका प्रमुख संयोजकमा महानगर प्रमुख भीम पराजुली र सहसंयोजकमा प्रजिअ रामप्रसाद आचार्य रहनुभएको छ ।
  • त्यसगरी सो अभियानका सदस्यमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, महानगरपालिका, नेपाल पत्रकार महासंघ र इप्रका रानीका प्रमुख छन्् ।

विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले ‘सुरक्षित महानगरपालिका अभियान’ शुरु गरिएको छ ।

महानगरपालिका र सुरक्षा निकायको संयुक्त पहलमा यही असोज १ गतेदेखि तीन महिनासम्म सञ्चालन रहने सो अभियानका प्रमुख संयोजकमा महानगर प्रमुख भीम पराजुली र सहसंयोजकमा प्रजिअ रामप्रसाद आचार्य रहनुभएको छ ।

त्यसगरी सो अभियानका सदस्यमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, महानगरपालिका, नेपाल पत्रकार महासंघ र इप्रका रानीका प्रमुख छन्् ।

महानगरप्रमुख पराजुलीले विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले अपराधका ४१ क्षेत्र छनोट गरी छ समूह गठन गरी तिनका पनि संयोजक तोकिएको जानकारी दिनुभयो ।

सोअनुसार चोरीसँग सम्बन्धित विषयका संयोजकमा प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइराला तथा सार्वजनिक स्थानमा दुव्र्यव्यहार, यौनजन्य गतिविधि, बालबालिका र साइबर अपराध विषयका संयोजकमा प्रहरी निरीक्षक जमुना बस्नेत रहनुभएको छ ।

गुण्डागर्दी, चन्दा असुली, लागुऔषध दुव्र्यसन, कारोबार र वैदेशिक रोजगारमा हुने ठगी अपराध नियन्त्रणका लागि नगर प्रहरी कार्यालयका प्रमुखलाई संयोजकमा तोकिएको छ । सवारीसाधनमा भाडा ठगी, खाद्य पदार्थमा मिसावट, कालोबजारी, कृत्रिम अभाव, सरकारी कार्यालयमा हुने दलाली, अस्पतालमा हुने ठगी र मानवीय अंग बेचबिखन विषयका संयोजकमा सहायक प्रजिअ शेषनारायण पौडेल हुनुहुन्छ । ट्राफिक व्यवस्थापनसम्बन्धी संयोजकमा जिल्ला ट्राफिक कार्यालयका प्रमुखलाई तोकिएको छ ।

महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाको संयोजकत्वमा सडकको नाला, फोहोरमैला, सडक तथा हटियाको व्यवस्थापन र खाल्डाखुल्डी पर्नेलगायत विषय
राखिएको छ । सो अभियानको सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण कक्ष रहने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा
प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा
हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….
हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
मलेसियामा नेपाली कामदार धमाधम पक्राउ
मलेसियामा नेपाली कामदार धमाधम पक्राउ
मालारानी गाउँपालिका अर्घाखाँचीमा एमाले विजयी
मालारानी गाउँपालिका अर्घाखाँचीमा एमाले विजयी
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
भारतको जम्मुमा फेरि आतंकवादी आक्रमण, २५ जना घाइते
भारतको जम्मुमा फेरि आतंकवादी आक्रमण, २५ जना घाइते
नेता नेपालद्वारा जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण
नेता नेपालद्वारा जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण
बझाङको टुमेडा पहिरोः चारजनाको मृत्युु, छ जनाको जीवितै उद्धार
बझाङको टुमेडा पहिरोः चारजनाको मृत्युु, छ जनाको जीवितै उद्धार

तपाईंले छुटाउनुभयो कि?