सूचनाको हकबाट लोकतन्त्र बलियो हुने
सारांश
- सूचनाको हकबाट सुशासन, पारदर्शिता र नागरिक सशक्तीकरण हुने भएकाले यसबाट लोकतन्त्र बलियो हुने आज यहाँ आयोजित कार्यक्रममा वक्ताले बताएका छन् ।
- राष्ट्रिय सूचना आयोगद्धारा आज यहाँ आयोजित ‘सूचनाको हक सम्बन्धी अभिमुखिकीरण अन्तक्र्रिया तथा म्यानेजमेण्ट इन्फरमेशन सिस्टम’ कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले जनता सूचना हकको मालिक हुन्छन् भन्दै सूचनाको अधिकार जनताको मौलक अधिकार भएको बताउनुभयो ।
- उहाँले तत्काल प्रादेशिक सूचना आयोग गठन हुनुपर्नेमा पनि जोड दिनुभयो ।
सूचनाको हकबाट सुशासन, पारदर्शिता र नागरिक सशक्तीकरण हुने भएकाले यसबाट लोकतन्त्र बलियो हुने आज यहाँ आयोजित कार्यक्रममा वक्ताले बताएका छन् ।
राष्ट्रिय सूचना आयोगद्धारा आज यहाँ आयोजित ‘सूचनाको हक सम्बन्धी अभिमुखिकीरण अन्तक्र्रिया तथा म्यानेजमेण्ट इन्फरमेशन सिस्टम’ कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले जनता सूचना हकको मालिक हुन्छन् भन्दै सूचनाको अधिकार जनताको मौलक अधिकार भएको बताउनुभयो । उहाँले तत्काल प्रादेशिक सूचना आयोग गठन हुनुपर्नेमा पनि जोड दिनुभयो ।
मोरङका प्रजिअ रामप्रसाद आचार्यले सूचनाको हकबाट सार्वजनिक कार्यालयमा रहेको बेथिति र भ्रष्टाचारको अन्त्य हुने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा आयुक्त बास्कोटाले ‘सूचना हक, सिद्धान्त, विश्वव्यापी अभ्यास र नेपालमा सूचना आयोेगले निर्वाह गरेको भूमिका’ तथा आयोगका उपसचिव बाबुराजा श्रेष्ठले ‘सूचना हक कार्यान्वयनमा सामाजिक निकायको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मोरङ जिल्लास्थित विभिन्न सरकारी निकाय, संघसंस्था र सञ्चारकर्मी गरी करिब एक सय जनाको सहभागिता थियो । मोरङ जिल्लामा ६३ सरकारी कार्यालयमा सूचना अधिकारी नियुक्ति गरिएको जनाइएको छ ।
प्रतिक्रिया