सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २४, २०७६
|
|
३८ पटक हेरिएको
Shares
सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज आधा घण्टाको लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।
  • सङ्घीय संसद् सचिवालयले टाँस गरेको सूचनामा विशेष कारणबस बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक यही माघ २६ गते दिउँसो १ बजे बस्ने निर्धारण गर्नुभएको जनाइएको छ ।
  • आजको पहिलो बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिनुभएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज आधा घण्टाको लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।

सङ्घीय संसद् सचिवालयले टाँस गरेको सूचनामा विशेष कारणबस बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक यही माघ २६ गते दिउँसो १ बजे बस्ने निर्धारण गर्नुभएको जनाइएको छ ।

आजको पहिलो बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिनुभएको थियो । सांसद विश्वकर्माले काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई अख्तियार दुरुपायेग अनुसन्धान आयोगले मुद्दा दायर गरेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताउनुभएको थियो । काँग्रेसको विरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो ।

काँग्रेसले सोही विषयलाई लिएर बिहीबारको बैठक पनि अवरुद्ध गरेको थियो । यही माघ २२ गते आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुमका मृतक सबैको टाउकोमा चोट
रुकुमका मृतक सबैको टाउकोमा चोट
प्रधानमन्त्री ओलीलाई नेपाल र खनालको दबाब, डा. केसीसँग तत्काल वार्ता गर्नुहोस
प्रधानमन्त्री ओलीलाई नेपाल र खनालको दबाब, डा. केसीसँग तत्काल वार्ता गर्नुहोस
आज अमेरिकी राष्ट्रपतिका लागि निर्वाचन, ट्रम्प फेरि जित्लान् ?
आज अमेरिकी राष्ट्रपतिका लागि निर्वाचन, ट्रम्प फेरि जित्लान् ?
तोकिएको सात अस्पतालमा मात्र कोभिड १९ आकस्मिक सेवा
तोकिएको सात अस्पतालमा मात्र कोभिड १९ आकस्मिक सेवा
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
फरियाको डिजाईनमा यस्तो देखिईन नायिका निता ढुंगाना (फोटो फिचर)
फरियाको डिजाईनमा यस्तो देखिईन नायिका निता ढुंगाना (फोटो फिचर)
नरेन्द्र मोदीको गृहराज्य गुजरातबाट ५० हजार भन्दा धेरै उत्तर प्रदेश-बिहारबासी लखेटिए
प्रस्तावित चलचित्र नगरीको डीपीआर तयार
प्रस्तावित चलचित्र नगरीको डीपीआर तयार
गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन
गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन

तपाईंले छुटाउनुभयो कि?