सोलुखुम्बुमा २० करोड ७१ लाख राजश्व संकलन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
सोलुखुम्बुमा २० करोड ७१ लाख राजश्व संकलन

सारांश

  • सोलुखुम्बु, ६ साउन ।
  • आर्थिक वर्ष २०७३÷७४ मा रु २० करोड ७१ लाख २५ हजार राजश्व संकलन भएको छ ।
  • कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लास्थित विभिन्न कार्यालयबाट सो राजश्व संकलन भएको हो ।

सोलुखुम्बु, ६ साउन । आर्थिक वर्ष २०७३÷७४ मा रु २० करोड ७१ लाख २५ हजार राजश्व संकलन भएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लास्थित विभिन्न कार्यालयबाट सो राजश्व संकलन भएको हो । सबैभन्दा बढी खुम्बु क्षेत्रबाट राजश्व संकलन भएको छ ।

गत आवमा राष्ट्रिय वाणिज्य बैंक सल्लेरी शाखाबाट रु सात करोड दुई लाख ९१ हजार, नाम्चे शाखाबाट रु १३ करोड ३७ लाख ६० हजार र लुक्ला शाखाबाट रु ३० लाख ७३ हजार राजश्व संकलन भएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा रु ८५ लाख बढी राजश्व संकलन भएको छ । अघिल्लो आवमा रु १९ करोड ८३ लाख चार हजार राजश्व संकलन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?