स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ३१, २०७६
|
|
५४ पटक हेरिएको
Shares
स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल

सारांश

  • लामो विवाद र रस्साकस्सीबीच सत्तारुढ नेकपाले स्कुल विभागको टुंगो लगाएको छ।
  • शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयले बैठकले स्कुल विभागको प्रमुख सचिवालय सदस्य ईश्वर पोखरेललाई दिने गरी सहमति गरेको हो।
  • यसअघि स्कुल विभागको प्रमुखमा धेरै नेताले दाबी गरेपछि अन्य विभागको प्रमुख तोक्ने कामसमे प्रभावित हुँदै आएको थियो।

लामो विवाद र रस्साकस्सीबीच सत्तारुढ नेकपाले स्कुल विभागको टुंगो लगाएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयले बैठकले स्कुल विभागको प्रमुख सचिवालय सदस्य ईश्वर पोखरेललाई दिने गरी सहमति गरेको हो। यसअघि स्कुल विभागको प्रमुखमा धेरै नेताले दाबी गरेपछि अन्य विभागको प्रमुख तोक्ने कामसमे प्रभावित हुँदै आएको थियो।

तर शुक्रबारको सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले पार्टीका स्कुल विभागसँगै ३३ विभागको प्रमुखको टुंगो पनि लगाएको छ। प्रवक्ता श्रेष्ठका अनुसार ३३ विभाग मध्ये १९ विभाग प्रमुख पूर्व एमाले नेताहरु र १४ विभागको प्रमुखको जिम्मेवारी पूर्व माओवादी नेताहरुले पाएका छन्।

सहमति अनुसार संगठन विभाग प्रमुखमा बामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपाल, स्कुल विभाग प्रमुखको जिम्म ईश्वर पोखरेललाई दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?