स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २७, २०८१
|
|
४६ पटक हेरिएको
Shares
स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

सारांश

  • काठमाडौं।
  • नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ।
  • चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपूर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहीबार आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्वन्धमा सहकार्यको सम्झौता भएको हो।

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ।

चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपूर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहीबार आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्वन्धमा सहकार्यको सम्झौता भएको हो।

सम्झौतापत्रमा चेम्बर इन्नेभेशन समितिका सभापति पंकज जालान र अन्नपुर्ण मिडिया नेटवर्कका महाप्रवन्धक मनोज बस्नेतले हस्ताक्षर गरे।

चेम्बरले युवा उद्यमशिलता सम्वन्धी संजाल विस्तार गर्ने, कानूनी सहायता र लगानीका लागि सहजीकरण गर्ने र यसका लागि अन्नपुर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचार प्रसार गर्ने सम्वन्धमा सहमति भएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप उद्यमशिलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिए। युवाहरुलाई स्वदेशमै उद्यमी बनाउन एवं रोजागरी सिर्जना गर्न चेम्बरले स्टार्टअफ एण्ड इन्नोभेशन समिति मार्फत काम गरिरहेको अग्रवालले बताए।

स्टार्टअप एण्ड इन्नोभेशन समितिका सभापति पंकज जालानले युवा उद्यमशिलता विकासका लागि अभियान चलाउने र युवाहरुलाई समितिका तर्फबाट आवश्यक सहयोग उपलव्ध गराउने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा
सरकारी जग्गा फिर्ता ल्याउन आयोग बनाउने सरकारकाे तयारी
सरकारी जग्गा फिर्ता ल्याउन आयोग बनाउने सरकारकाे तयारी
कान्तीपुर साप्ताहिक पत्रिकाले यसरी मार्याे जिउँदाे मान्छेलाई !
कान्तीपुर साप्ताहिक पत्रिकाले यसरी मार्याे जिउँदाे मान्छेलाई !
एमाले माओवादी एकता- सिद्धान्तका कुरा महाधिवेशनबाट टुंगो लगाइने
एमाले माओवादी एकता- सिद्धान्तका कुरा महाधिवेशनबाट टुंगो लगाइने
प्रहरी हिरासत बाट डाक्टर गोविन्द केसीको नेपाल आमालाई मर्मस्पर्सी पत्र
बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !
बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !
‘इमरान खानले विश्वको सामु भारतको वास्तविक अनुहार देखाइदिए’
‘इमरान खानले विश्वको सामु भारतको वास्तविक अनुहार देखाइदिए’
प्यालेस्टिनी कार्यालय बन्द गर्ने ट्रम्प प्रशासनको तयारी
प्यालेस्टिनी कार्यालय बन्द गर्ने ट्रम्प प्रशासनको तयारी
विप्लव समूहकाे बन्दका क्रममा चितवनमा सिलिण्डर बम बिस्फाेट
विप्लव समूहकाे बन्दका क्रममा चितवनमा सिलिण्डर बम बिस्फाेट
ओखलढुंगामा २५ हजार भन्दा धेरै मत बदर
ओखलढुंगामा २५ हजार भन्दा धेरै मत बदर

तपाईंले छुटाउनुभयो कि?