स्थानीय चुनावको कुनै अर्थ छैन :विप्लव

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १९, २०७३
|
|
२७१ पटक हेरिएको
Shares
स्थानीय चुनावको कुनै अर्थ छैन :विप्लव

सारांश

  • नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको चुनाव यसअघिकै निरन्तरता भएको भन्दै बहिस्कार गर्ने बताएको छ ।
  • सरकारले स्थानीय चुनाव घोषणा गरे पनि त्यस्ता चुनावको कुनै अर्थ नरहेको विप्लवले बताएका छन् ।
  • पार्टी महाधिवेशनका निर्णयबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले भने, ‘हामीले जनयुद्धका बेला तीनवटा निर्वाचन बहिस्कार गरिसकेका छौं प्रचण्डकै नेतृत्वमा ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको चुनाव यसअघिकै निरन्तरता भएको भन्दै बहिस्कार गर्ने बताएको छ । सरकारले स्थानीय चुनाव घोषणा गरे पनि त्यस्ता चुनावको कुनै अर्थ नरहेको विप्लवले बताएका छन् ।

पार्टी महाधिवेशनका निर्णयबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले भने, ‘हामीले जनयुद्धका बेला तीनवटा निर्वाचन बहिस्कार गरिसकेका छौं प्रचण्डकै नेतृत्वमा । त्यस्तै खाले चुनाव अहिले प्रचण्डकै नेतृत्वमा हुँदैछ, यस्तो चुनाव कसरी स्वीकार गर्न सकिन्छ ?’

माओवादी निर्वाचनको बिरोधी नभएको तर अहिलेको चुनावको अर्थ नहुने उनले बताए । उनले भने, ‘यस्तो चुनाव स्वीकार गर्नु भनेको आर्यघाटबाट मृत शरीर उठाएर ल्याउनु जस्तै हो ।’

चुनाव बहिस्कार गरे पनि बिथोल्ने योजना भने नरहेको उनले बताए । जनयुद्धको बेलाजस्तो अहिलेको निर्वाचनलाई नमान्ने तर नबिथोल्ने उनले प्रष्ट पारे ।

पत्रकार सम्मेलनमा विप्लवले ६१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरे । पार्टीको महासचिव उनी आफैं निर्वाचित भएका छन् । महाधिवेशनमा ७४ लाख रुपैयाँ खर्च भएको र चन्दाबाट उठेको रकम केही बचत भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
काभ्रे सेवा समाजको प्रथम बार्शिकत्व सम्पन्न ।
काभ्रे सेवा समाजको प्रथम बार्शिकत्व सम्पन्न ।
अमेरिकामा एकै दिन २४८२ र फ्रान्समा १४३८ जनाले ज्यान गुमाए
अमेरिकामा एकै दिन २४८२ र फ्रान्समा १४३८ जनाले ज्यान गुमाए
सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
Online Sports Betting & Casino Login Bonus $30
मोदीको नेपाल भ्रमण, मुक्तिनाथमा भव्य तयारी
मोदीको नेपाल भ्रमण, मुक्तिनाथमा भव्य तयारी
बामदेवको डोल्पाबाट सांसद बन्ने सपना साकार हुन सकेन
इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका
इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका
शिशु जन्माएर फाल्ने युवती पक्राउ

तपाईंले छुटाउनुभयो कि?