स्थानीय निकायलाई बलियो बनाउन विकेन्द्रीकरण: पाकिस्तानी प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १, २०७५
|
|
६४ पटक हेरिएको
Shares
स्थानीय निकायलाई बलियो बनाउन विकेन्द्रीकरण: पाकिस्तानी प्रधानमन्त्री

सारांश

  • इस्लामावाद, पाकिस्तान,१ असाेज ।
  • राज्यको तल्लो तहसम्म शक्तिको स्थानान्तरण गरी शक्तिशाली स्थानीय शासन पद्धतिको प्रत्याभूत गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार बताउनुभएको छ ।
  • स्थानीय शासन पद्धतिलाई मजबुत पार्ने बिषयमा केन्द्रित छलफलमा स्थानीय निकायलाई शक्तिशाली बनाउने प्रणाली शासनको उत्कृष्ट रूप भएको प्रधानमन्त्री खानले बताउनुभएको हो ।

इस्लामावाद, पाकिस्तान,१ असाेज ।राज्यको तल्लो तहसम्म शक्तिको स्थानान्तरण गरी शक्तिशाली स्थानीय शासन पद्धतिको प्रत्याभूत गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार बताउनुभएको छ ।स्थानीय शासन पद्धतिलाई मजबुत पार्ने बिषयमा केन्द्रित छलफलमा स्थानीय निकायलाई शक्तिशाली बनाउने प्रणाली शासनको उत्कृष्ट रूप भएको प्रधानमन्त्री खानले बताउनुभएको हो ।

प्रधानमन्त्री खानलाई उद्धृत गर्दै पाकिस्तान रेडियोले भनेको छ, “नागरिकले आफ्नो विकास र अधिकारका लागि आफै निर्णय लिन पाउनुपर्छ अर्थात् जनताको प्रत्यक्ष सहभागितामा हुने काम जनमुखी हुनसक्छन् । अन्यथा पाकिस्तानमा स्थानीय निकायलाई बलियो बनाउन सकिँदैन ।”क्रिकेटबाट पाकिस्तानलाई विश्वसामु चिनाउन सफल भएका पाकिस्तानी प्रधानमन्त्रीले स्थानीय सत्तालाई सक्रिय गराइने बताउनुभयो । उहाँले पाकिस्तान तेहरिक–ए–इन्साफ ९पीटीआई० को प्रभाब क्षेत्र खाइबर पाकतुङ्ख्वा प्रान्तको उदाहरण दिँदै भन्नुभयो, पाकतुङ्ख्वा प्रान्तमा स्थानीय निकायलाई दिइएको अधिकारले उक्त राज्यलाई समृद्धितर्फ डोराएको छ ।

खानले एक हप्ताभित्र नयाँ स्थानीय शासन प्रणालीबारे प्रस्ताव तयार गर्न एक समितिको घोषणा गर्नुभएको छ । समितिले दिने सुझाबलाई आवश्यक छलफल र परिमार्जनसहित प्रान्तीय सभामा लगिने बताइएको छ । उक्त सुझाबलाई कानूनी स्वरूप दिनका लागि एक महिनाभित्र अघि बढाइने छलफलमा प्रधानमन्त्रीले बताएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।यस बर्षको जुलाई २५ गते सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्रीको दल पीटीआईले शक्तिको विकेन्द्रीकरणलाई चुनाबी नारा बनाएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले राज्यमा शक्तिको केन्द्रीकरणको यस पहिले भएको अभ्यासले सरकारी शासनबारे जनताको आकाङ्क्षालाई सम्बोधन गर्न नसकेको बताउनुभयो ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशबाट फर्किनेहरुले यी वस्तुमा तिर्नुपर्छ भन्सार, यी वस्तुमा पर्दैन
विदेशबाट फर्किनेहरुले यी वस्तुमा तिर्नुपर्छ भन्सार, यी वस्तुमा पर्दैन
भारतको गुजरातमा पुल खस्दा कम्तीमा १४१ जनाको मृत्यु
भारतको गुजरातमा पुल खस्दा कम्तीमा १४१ जनाको मृत्यु
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै
प्रधानमन्त्री डढेलधुरामा, कांग्रेस–एमाले उम्मेद्धवारवीच आरोप–प्रत्यारोप : विकास नै भएन, देउवाले नगरे कसले गर्यो त ?
प्रधानमन्त्री डढेलधुरामा, कांग्रेस–एमाले उम्मेद्धवारवीच आरोप–प्रत्यारोप : विकास नै भएन, देउवाले नगरे कसले गर्यो त ?
‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भनिएका समाचारहरु भ्रामक!
‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भनिएका समाचारहरु भ्रामक!
उपत्यकामा ६०० स्थानमा जेब्रा क्रसिङ राखिने
उपत्यकामा ६०० स्थानमा जेब्रा क्रसिङ राखिने
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
पूर्वसदस्य सचिव सिंहको शोकमा कार्यालय बन्द रहने
पूर्वसदस्य सचिव सिंहको शोकमा कार्यालय बन्द रहने
Share Docs Online and just how it can be used to benefit your organisation
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र

तपाईंले छुटाउनुभयो कि?