स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १०, २०७५
|
|
५४ पटक हेरिएको
Shares
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ

सारांश

  • कास्की, १० पुस ।
  • नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताएका छन् ।
  • पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताको तीन महीनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले सात महीनासम्म पनि एकता पूरा नभएकाले स्थायी कमिटी बैठक लगत्तै साङ्गठनिक एकता पूरा गरेर पार्टी एकताको उद्देश्य सफल बनाउने बताए ।

कास्की, १० पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताको तीन महीनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले सात महीनासम्म पनि एकता पूरा नभएकाले स्थायी कमिटी बैठक लगत्तै साङ्गठनिक एकता पूरा गरेर पार्टी एकताको उद्देश्य सफल बनाउने बताए ।

जारी बैठकले सचिवालयबाट घोषणा गरिएको प्रदेश कमिटी अनुमोदन गर्ने, पार्टीको जिल्ला कमिटी, महानगरलगायत तल्ला कमिटी तथा जनवर्गीय सङ्गठनको एकीकरणको आधार तयार गर्ने, केन्द्रीय सदस्यको जिम्मेवारी निश्चित गरी शक्तिशाली र क्रान्तिकारी पार्टी निर्माण गर्न बैठक प्रश्थान विन्दु हुने नेता श्रेष्ठले जानकारी दिनुभयो ।

उनले वर्तमान सरकार सफल हुनु र नहुनुमा समग्र देश र पार्टीको समेत भविष्य जोडिएकाले सरकारलाई हरहालतमा सफल बनाइने बताए । “इतिहासकै शक्तिशाली सरकारसँग जनताको ठूलो अपेक्षा छ । यो सरकार असफल भए प्रधानमन्त्री र मन्त्री मात्र असफल हुँदैनन् । देश र पार्टीको भविष्यलाई समेत असर गर्दछ ।” नेता श्रेष्ठले भने ।

पार्टी गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले साङ्गठनिक एकता सम्पन्न नहुँदा पार्टी गतिविधि सञ्चालन गर्न अप्ठ्यारो भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यि हुन प्रधानमन्त्री ओलीको भ्रमण दलमा पर्ने ११८ जना
चर्चित गाएक राम प्रसाद खनाल र मन्जु पौडेलको स्वरमा रहेको तीजको भिडियो सर्बिजनिक :”मेरा बुढा झर्के” {भिडियो सहित }
जनयुद्धका महत्वपूर्ण एजेण्डा पूरा भएका छन् – कृष्णबहादुर महरा
जनयुद्धका महत्वपूर्ण एजेण्डा पूरा भएका छन् – कृष्णबहादुर महरा
कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतमा बन्यो
कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतमा बन्यो
चीनले   भारतलाई युद्धका लागि तयार रहन भनेपछि  भारत ससंकित ,बढ्दै युद्दको खतरा.
चीनले भारतलाई युद्धका लागि तयार रहन भनेपछि भारत ससंकित ,बढ्दै युद्दको खतरा.
सरकारविरुद्ध कांग्रेससहितका विपक्षीको मोर्चाबन्दी
सरकारविरुद्ध कांग्रेससहितका विपक्षीको मोर्चाबन्दी
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय
भारतबाट आयातीत बिजुलीको भाउ बढेको बढ्यै, पावर एक्सचेञ्ज कमिटी निस्क्रिय
झिल्केले माइलीलाइ भगाए पछि हंगामा (भिडियो सहित )
झिल्केले माइलीलाइ भगाए पछि हंगामा (भिडियो सहित )
आजको विदेशी मुद्रा विनिमय दर
आजको विदेशी मुद्रा विनिमय दर
एशियाली खेलमा ताराले राखिन् तीन राष्ट्रिय कीर्तिमान
एशियाली खेलमा ताराले राखिन् तीन राष्ट्रिय कीर्तिमान

तपाईंले छुटाउनुभयो कि?