स‌ंसदकाे बजेट अधिवेशन बैशाख १६ बाट

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
स‌ंसदकाे बजेट अधिवेशन बैशाख १६ बाट

सारांश

  • काठमाडौं।
  • बजेट अधिवेशन भनेर चिनिने संघीय संसद्को चौथो अधिवेशन आगामी वैशाख १६ गतेबाट सुरु हुने भएकाे छ।
  •   साे सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट आइतबार स‌सद सचिवालमा प्राप्त भएकाे छ।
काठमाडौं। बजेट अधिवेशन भनेर चिनिने संघीय संसद्को चौथो अधिवेशन आगामी वैशाख १६ गतेबाट सुरु हुने भएकाे छ।  साे सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट आइतबार स‌सद सचिवालमा प्राप्त भएकाे छ।
अघिल्लो वर्षको तुलनामा यो बजेट अधिवेशन यसपालि १ साताअघि नै बोलाइएको छ। गत वर्ष वैशाख २३ गतेबाट मात्र बजेट अधिवेशन शुरु भएको थियो। यो अधिवेशनको शुरुमा प्रि–बजेट छलफल हुनेछ। जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ।
२०७४ फागुन २१ गते सुरु पहिलो अधिवेशन चैत्र २० गतेसम्म र २०७५ वैशाख २३ गतेबाट सुरु दोस्रो अधिवेशन असोज ११ गतेसम्म चलेको थियो। पौष ११ गतेबाट सुरु भएको तेस्रो अधिवेशन चैत्र १० गते राति १२ बजेबाट अन्त्य भएको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । बैठकको पहिलो दिन विभिन्न दलका नेताले सम्बोधन गर्ने प्रचलन छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा रहेका छन्। अहिलेसम्म दुवै सभाको अधिवेशन एकैदिन सुरु भएर एकै दिन अन्त्य हुँदै आएको छ।
बजेट अधिवेशन भनेर चिनिने यो अधिवेशनमा मिडिया काउन्सिललगायतका विधेयकसमेत दर्ता हुने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?