हतियार सहितको फोटो राख्दै महरा पुत्रको आयो यस्तो स्टाटस

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १५, २०७६
|
|
३७ पटक हेरिएको
Shares
हतियार सहितको फोटो राख्दै महरा पुत्रको आयो यस्तो स्टाटस

सारांश

  • बलात्कारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका छन् ।
  • संसदमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले महराले आफ्नै कोठामा आएर आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि महराले हिजो (मंगलबार) उपसभामुख डा.
  • शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाएका हुन् ।

बलात्कारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका छन् । संसदमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले महराले आफ्नै कोठामा आएर आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि महराले हिजो (मंगलबार) उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामालाई लिएर नेकपाका नेताहरुले समेत राजीनामा दिईसकेपछि स्वतः सांसद पद पनि खारेज हुने बताईसकेका छन् । तर, यो प्रकरणमा हिजो साँझसम्म मौन बसेका महराका छोराहरु राहुल र निर्मलले मध्यराति आक्रोशपूर्ण अभिव्यक्तिसहितको स्टाटस लेखेर बुख्याँचाहरु खडा गरी क्रान्तिकारी नेताहरुको ईतिहास समाप्त पार्ने विदेशी दलका मित्रहरु चिन्ने मौका मिलेको बताएका छन् ।

राहुल र निर्मलले बन्दुक बोकेको फोटो शेयर गरेर यस्तो लेखेका छन्, “राजनैतिक इतिहासमा जनताकै पक्षमा अपुर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ, आज ब्यक्ति हैन, आस्था र बिचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक संजालमा दृढतापुर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी संगठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याइ षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सन्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, बिपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ ।

असली मित्र चिन्ने ठुलो मौका पनि मिलेको छ । बुख्याछ्याहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने बिदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नया बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तकारीहरुसंग फेरि भेट हुने छ ।”

https://www.facebook.com/photo.php?fbid=3497626950251034&set=pcb.3497597443587318&type=3&__tn__=HH-R&eid=ARAr95tqp0-rKNKDFgg09homu2D7gbenIy31VhnQOUNc1CnV4lMm-h9IBc_oCE5Wq6qM8cZR8v6C17Jw

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?