विश्वकप फुटबल २०१८ को भिडियो सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ २६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८ को भिडियो सार्वजनिक

सारांश

  • रसिया विश्वकप फुटबल २०१८ को अफिसिएल भिडियो  सार्वजनिक गरिएको छ।
  • ‘लिभ इट अप’ शीर्षकको भिडियो गीत अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा) ले सार्वजनिक गरेको छ।
  • गीतको अडियो भने फिफाले १५ दिनअघि सार्वजनिक गरेको थियो।

रसिया विश्वकप फुटबल २०१८ को अफिसिएल भिडियो  सार्वजनिक गरिएको छ। ‘लिभ इट अप’ शीर्षकको भिडियो गीत अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा) ले सार्वजनिक गरेको छ।

गीतको अडियो भने फिफाले १५ दिनअघि सार्वजनिक गरेको थियो। गीतमा अमेरिकी गायक तथा रचनाकार निकी जामले स्वर दिएका छन्। गीतमा वील स्मिथ र इरा इस्टनेरफीको पनि साथ छ।

तीनै जना भिडियोमा देखिएका छन्। साथै ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्हो पनि भिडियोमा देखिएका छन्। उनले भिडियोमा गायकको साथमा फुटबल कौशल देखाएका छन्।

गीत डिल्लोले निर्माण गरेको हो। अघिल्लो विश्वकपमा ‘वि आर वान’ बोलको गीत बनाएको थियो। सो गीतमा पिटबुल र साकिराले स्वर दिएका थिए। त्यसअघि सन् २०१० को विश्वकपको गीत भने चर्चित बनेको थियो। साकिराले गाएको ‘वाका वाका अफ्रिका’ को भिडियो र गीत अहिले पनि चर्चित छ।

जेठ ३१ गते रसियाको मस्कोमा हुने उद्घाटन समारोहमा ‘लिभ इट अप’ गीतमा कलाकारले अफ्नो प्रस्तुती देखाउने छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?