हात खुट्टा बाँधेर जादु देखाउन नदीमा पस्दा बेपत्ता

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ३, २०७६
|
|
४६ पटक हेरिएको
Shares
हात खुट्टा बाँधेर जादु देखाउन नदीमा पस्दा बेपत्ता

सारांश

  • कोलकाता ।
  • भारतको पश्चिम बंगालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपत्ता भएका छन् ।
  • नदीमा हराएका उनको मृत्यु भएको आशंका गरिएको छ ।

कोलकाता । भारतको पश्चिम बंगालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपत्ता भएका छन् । नदीमा हराएका उनको मृत्यु भएको आशंका गरिएको छ । पश्चिम बंगालको कोलकातास्थित हूग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएपनि उनी नदीमै हराए । जादुगर नदीमा छिरेको हेर्न मानिसहरुको भीड जम्मा भएको थियो । तर जादुगर नदीबाट बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।

छवटा ताला लगाइएको साङ्लोले उनको खुट्टा बाँधिएको थियो । उनलाई एउटा डुंगाबाट पानीमा ओरालिएको थियो ।

नदीमा दुईवटा डुंगामा बसेर तथा माथि पुल र नदी किनारमा भेला भएर मानिसहरूले त्यो रमिता हेरेका थिए । प्रहरी र गोताखोरहरूले नदीमा आइतवार साँझदेखि खोजी गरेपनि फेला पार्न सकेका छैनन् ।

उनको शब नभेटिएसम्म मृत घोषणा गर्न नसकिने एक अधिकारीले बताएका छन् । एउटा स्थानीय पत्रिकाका लागि फोटो खिच्ने जयन्त श पनि लाहिरीको जादु हेर्न गएका थिए ।

जादुको काम सुरु हुनुभन्दा अगाडि आफूले लाहिरीसँग कुरा गरेको उनले बताएका छन् ।

उनी भन्छन्, ‘मैले किन ज्यान जोखिममा पारेर जादु देखाउन लागेको भनेर सोधेको थिएँ । उनी हाँसे र भने, ‘मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ । मैले गल्ती गरेँ भने यो दुःखान्त हुन्छ ।’

ती जादुगरले मानिसहरूमा ‘जादुप्रति रुचि जगाउन’ त्यसो गर्न खोजेको शलाई बताएका थिए । पानीभित्र जोखिमपूर्ण जादु देखाउने यो उनको पहिलो प्रयास भने थिएन ।

बीस वर्षअघि एउटा सिसाको बाकसमा राखेर उनलाई पानीभित्र छोडिएको थियो । त्यतिबेला उनी सकुशल बाहिर आएका थिए । शले त्यो जादु पनि हेरेका थिए । उनले भने, ‘उनी यसपालि पानीबाहिर आउँदैनन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामान पास गर्न सजिलो बनाइदिन्छु भन्दै घुस खाने प्रहरीलाई भ्रष्टाचार मुद्दा
सामान पास गर्न सजिलो बनाइदिन्छु भन्दै घुस खाने प्रहरीलाई भ्रष्टाचार मुद्दा
कसले निकाल्यो म्यादी प्रहरी सम्बन्धी नक्कली सूचना ?
कसले निकाल्यो म्यादी प्रहरी सम्बन्धी नक्कली सूचना ?
संसदमा सरकारको ’नैतिकता’ खोज्दै देउवा, प्रधानमन्त्रीको ’राजीनामा’ माग्दै बाबुराम
संसदमा सरकारको ’नैतिकता’ खोज्दै देउवा, प्रधानमन्त्रीको ’राजीनामा’ माग्दै बाबुराम
भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने
भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?
गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?
३३ किलाे सुन प्रकरण: अाराेपमा एमाले नेता पक्राउ !
३३ किलाे सुन प्रकरण: अाराेपमा एमाले नेता पक्राउ !
मुख्यमन्त्री बनेपछि जन्ती जान पाइन्छ : शेरधन राई
मुख्यमन्त्री बनेपछि जन्ती जान पाइन्छ : शेरधन राई
माथेमा आयोग र डा.केसी हत्यारा हुन् : डा. रामकुमार अधिकारी
माथेमा आयोग र डा.केसी हत्यारा हुन् : डा. रामकुमार अधिकारी
रुपन्देहीमा अस्थायी मुकाम तोकिएपछि विरोधमा छिमेकी जिल्ला कपिलवस्तु
रुपन्देहीमा अस्थायी मुकाम तोकिएपछि विरोधमा छिमेकी जिल्ला कपिलवस्तु

तपाईंले छुटाउनुभयो कि?