‘हामी यहाँ छौ’ भन्ने प्ले कार्ड बोकेर ३ पूर्वप्रधानमन्त्री धर्नामा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १०, २०७७
|
|
४० पटक हेरिएको
Shares
‘हामी यहाँ छौ’ भन्ने प्ले कार्ड बोकेर ३ पूर्वप्रधानमन्त्री धर्नामा

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले आजबाट आन्दोलन अगाडि बढाएको छ ।
  • आन्दोलन अन्र्तगत आज माइतीघर मण्डलामा शिर्ष नेताहरु भेला भएका छन् ।
  • उनीहरु केही बेर धर्नामा बसे ।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले आजबाट आन्दोलन अगाडि बढाएको छ । आन्दोलन अन्र्तगत आज माइतीघर मण्डलामा शिर्ष नेताहरु भेला भएका छन् । उनीहरु केही बेर धर्नामा बसे ।

धर्नामा नेकपा प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल समेत सहभागी छन् । उनीहरु तीनैजना पूर्व प्रधानमन्त्री हुन् । नेकपाको फुटसँगै उत्पन्न परिस्थितिले बहालवाला प्रधानमन्त्री ओलीले तीनजना पूर्व प्रधानमन्त्रीहरुलाई सडक संघर्षमा आउन वाध्य पारिदिएका छन् । आज सर्वोच्च अदालत र निर्वाचन आयोगमा नेकपा नेताहरु जुलुससहित पुग्ने कार्यक्रम अन्र्तगत माइतीघर मण्डलामा भेला भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकबाट सिफारिश गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गरेको विरोधमा नेकपाको प्रचण्ड समूह आन्दोलनमा उत्रिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?